चन्द्रसूर्य साकोसको आयोजनामा जेष्ठ ११ गते बिहान ९:३० बजे सातदोबाटोस्थित सुमेरु मार्टको प्राङ्गणमा बृहत् रक्तदान हुने चन्द्रसुर्य साकोसका अध्यक्ष रामशरण बस्नेतद्वारा जानकारी ,रक्तदान गर्न सबैमा आग्रह


श्याम तामाङ
तामाङपेज ।

ललितपुर जिल्ला,सातदोबाटोस्थित सुमेरु मार्टको प्राङ्गणमा जेष्ठ ११ गते बिहान ९:३० बजे चन्द्रसूर्य साकोस,लायन्स क्लब अफ काठमाडौ श्री गणेश,लायन्स क्लब अफ काठमाडौ वर्ल्ड भिजन,लायन्स क्लब अफ काठमाडौ भ्याली सेन्टीनियल,लायन्स क्लब अफ काठमाडौ सुमेरु,लायन्स क्लब अफ काठमाडौ पिपुल्सको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

चन्द्रसूर्य साकोसका अध्यक्ष रामशरण बस्नेतले बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन सबै रक्तदाता महानुभाबहरुमा रक्तदान गर्न अनुरोध गर्नु हुँदै ,ललितपुर लगनखेलबाट चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले गरी आएको सम्पूर्ण कारोबार जेष्ठ ११ गते देखि सातदोबाटोस्थित सुमेरु मार्टको भवनबाट संस्थाको कारोबार हुने सोही दिन बृहत् रक्तदान,कार्यालय उदघाटन र छालादान कार्यक्रम हुने कुरा समेत जानकारी गराएका छन् ।

प्रकाशित: समय: 16:14:42  554पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार