गोदावरी टौखेलका सडक दुर्घटनामा परी घाईते भएका आशिषलाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ,गोदावरी नगरपालिका-३ टौखेलका आशिष थापा मगर ,केही दिन अगाडि सडक दुर्घटनामा परेका थिए ।

सडक दुर्घटना पश्चात हाल उपचार भई रहेको कम्मर मुनि नचलेको कारण थप उपचारमा आर्थिक समस्या भएकाले गोदावरीका स्थानीय वासिन्दा,युवा नेता एबम नायक राज घिमिरे,सन्तोष तामाङ लगायतले सामाजिक सन्जाल मार्फत आर्थिक सहयोगको लागि आग्रह गरे पछी सामाजिक संजालमार्फत विभिन्न सहयोगी दाताहरुबाट प्राप्त र अन्य नायक घिमिरे ,सन्तोष तामाङहरुबाट सङकलित गरिएको रकम मंगलबार सडक दुर्घटनामा परि घाईते हुनु भएका आशिष थापा मगरलाई नगद रु.७१ हजार सहयोग सामुहिक रुपमा प्रदान गरेका छन् ।

नायक राज घिमिरे लगायतका सहयोगी टीमहरु विगत लामो समयदेखी सामाजिक कार्यमा उल्लेखनीय योगदान गर्दै आएका सक्रिय सामाजिक अभियन्ताहरु हुन् ।

प्रकाशित: समय: 14:53:56  991पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार