ओखलढुंगा मूलखर्कमा बृहत् तम्बा भेला ,प्रशिक्षण र भलिबल प्रतियोगिता सम्पन्न


तामाङपेज संवाददाता ।

शान्तिका अग्रदुत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा ओखलढुंगा ,सुनाकोशी गाउँपालिका – ५ वडा कार्यालयको आर्थिक सहयोगमा मूलखर्क गुन्द्रीबजारमा सुखी मूलखर्क ,सम्बृद्ध मूलखर्कको लागि भन्ने नाराकासाथ शुक्रबार ४ दिने बृहत् तम्बा भेला,प्रशिक्षण ,भलिबल प्रतियोगिता र साँस्कृतिक समारोह सम्पन्न भएको छ ।

विजयी टीमलाई प्रदेश नं.१ का प्रदेश सभा साम्सद मोहनकुमार खड्काले नगद,शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए ।
जेठ १ गतेदेखि संचालित समारोह जेठ ४ गते भब्यरुपमा संचालन भएको शुक्रबार उक्त समारोह समापन भएको तामाङपेजलाई जानकारी दिए अनुसार बुद्ध जयन्तिको अवसरमा पूजापाठ सुनाकोशी गाउँपालिका स्तरीय तम्बा भेला ,प्रशिक्षण ,भलिबल प्रतियोगिता गरिएको र स्थानीय कलाकारहरु तथा चर्चित गायिका शशिकला मोक्तानले आ- आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

समारोहमा तम्बा संघ नेपालका केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तान ,नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्ला अध्यक्ष सुभाष तामाङ ,तम्बा संघ नेपाल तम्बाखोरका अध्यक्ष कमलकृष्ण घिसिङ तामाङ ,स्थानीय बुद्धिजीवी ,शिक्षक ,शिक्षिका ,स्थानीय वासिन्दा ,भलिबल खेलाडी ,प्रशिक्षक र सरोकारवालाहरुको व्यापक सहभागी रहेको सो समारोह सुनाकोशी गाउँपालिका -५ का वडाअध्यक्ष गोविन्दराम तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको हो । शिक्षक एबम तम्बा पन्चबहादुर ग्याबा तामाङको अध्यक्षतामा ११ सदस्यीय सुनाकोशी गाउँपालिका स्तरीय तम्बा संघ नेपाल तम्बाखोर समिति गठन गरिएको र बृहत् तम्बा भेलामा तम्बाहरुलाई तम्बा संघ नेपालका केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङ,केन्द्रीय प्रतिनिधि टेक घिसिङ तामाङले प्रशिक्षण दिएका थिए।

प्रकाशित: समय: 8:00:14  653पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार