माल्टाका गायक सरोज र गायिका सम्झनाको कम्मरको पटुकी दर्शक र श्रोतामाझ सार्वजनिक हुँदै


श्याम ङेसुर तामाङ
तामाङपेज ।

ललितपुर ,वाग्मती -२ माल्टा पाहाखोलाका गायक सरोज थिङ लामा र गायिका सम्झना राना स्याङतानको स्वरमा रहेको लोक दोहोरी कम्मरको पटुकी दर्शक र श्रोतामाझ केही महिनाभित्रमा नै आउने भएको छ ।

शब्द,लय रमेशराज बराईलीको रहेको कम्मरको पटुकीमा विशेष सहयोग डोल्मो लोप्चनको रहेको गीतको रेकर्डिङ सकि सकेको,अब केही महिनाभित्रमा नै अडियो,भिडियो सार्वजनिक गर्ने तरखरमा रहेको गायक सरोज लामाले तामाङपेजलाई जानकारी गराएका छन् ।

ललितपुर माल्टाका युवा लोकदोहोरी गायक सरोज लामाले कम्मरको पटुकी भन्दा अगाडी दर्शक र श्रोतामाझ लाकुरीको छायांले ,जोवन साचेर,नाइँ नाइँ नभन काली जस्ता लोकदोहोरी गीत समेत ल्याई सकेको छ ।

प्रकाशित: समय: 6:18:41  1308पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार