नेपालका लागि युएईका राजदुत सइद हमदन अल नक्वी र किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामाबीच शिष्टचार भेट,राजदुत नक्वीले किस्पाङ गाउँपालिकाको भ्रमण गर्ने निधो


श्याम तामाङ
तामाङपेज संवाददाता ।

नुवाकोट जिल्ला ,किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामाले काठमाडौमा नेपालका लागि युएईका राजदुत सइद हमदन अल नक्वीसङ्ग दूतावास सोमबार शिष्टचार भेट गर्नु भएको छ ।
भेटघाटको क्रममा राजदुत सइद हमदन अल नक्वीसङ्ग किस्पाङ गाउँपालिकाको विकासको लागि सहयोग गर्न र गाउँपालिकाको भ्रमणको लागि निम्तो गर्दा राजदुत नक्वीले भ्रमण गर्न ईच्छुक रहेको जानकारी दिएको गाउँपालिका अध्यक्ष लामाले बताएका छन् ।

किस्पाङ गाउँपालिकामा मनकामना ,फिकुरी ,काहुले ,भाल्चे र साल्मे गरि पाँच वटा वडा रहेको गाउँपालिकामा सडक,स्वास्थ्य,शिक्षा,कृषिमा विशेष जोड दिएको छ भने यस गाउँपालिका आन्तरिक र बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न लायक तिर्थ स्थलहरु पनि किस्पाङ गाउँपालिका भित्र रहेको छ।

किस्पाङ गाउँपालिकाको विकासको लागि निरन्तर आफू ,उपाध्यक्ष ,वडाअध्यक्षहरु ,जनप्रतिनिधिहरु,कर्मचारीहरु लगातार लागि रहेको अध्यक्ष छत्र लामाले जनाए ।

प्रकाशित: समय: 5:39:20  2264पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार