श्याम तामाङ
तामाङपेज ।
ललितपुरको दक्षिण ,पश्चिम भेगमा प्युटार गाउँ पर्दछ ।
ललितपुरको महाङकाल ,कोन्ज्योसोम र वाग्मती गाउँपालिका मध्ये आधुनिक घर,बिल्डिङहरु दिन प्रतिदिन बढदै गएको १८ वटा साविकको गाविस ,हालको १८ वटा वडा मध्ये वाग्मती गाउँपालिकाको प्युटार पनि एक वडा हो ।
वाग्मती गाउँपालिका भित्र घुसेल,भट्टेडाडा,माल्टा,प्युटार,इकुडोल,आश्राङ,गिम्दी मध्ये दक्षिण ललितपुरको विकसित वडाको रुपमा प्युटार बन्दै गरेको छ । पारी मकवानपुरको मन्थली ,नजिकै वाग्मती नदि ,कान्तिलोकपथ ,त्यस्मा पनि समथल भुभागले प्युटारको सान ,अझै बढेको छ ।
वाग्मती गाउँपालिका वडा न.४ मा पर्ने प्युटारमा शिक्षालय,बजार ,सहकारीका कार्यालय,गेष्ट हाउस,रेष्टुरेन्ट ,किराना पसल,चिया ,खाजा पसल ,विभिन्न कार्यालयहरु दिनप्रतिदिन बढदै गएकोले सरसफाईमा भने ध्यान दिनुपर्छ नै ।
स्थानिय वासिहरु तरकारी खेती ,कुखुरा पालन ,भैंसी पालन ,बाख्रा पालन ,होटेल,लज ,गेष्ट हाउस तथा किराना पसलमा लगानी गरि व्यवसाय गर्न थालेका छन् । चापागाउँबाट छपेली हुँदै कान्ति लोकपथको हुँदै मकवानपुरको ठिङगन जाने बाटो कान्तिपथलाई छोडेर बगुवाबाट प्युटार,गिम्दी हुँदै काभ्रेको तालढुङ्गासम्म जाने यातयातको सुबिधा भएपछी प्युटारको बजार मुख्यतय केन्द्रविन्दु बनेको हो ।
प्युटारमा तामाङ ,ब्राह्मण ,क्षेत्री,घले,दलित लगायतका जातजातिको बसोबास रहेको छ । कतिपय युवाहरु बैदेशिक रोजगारमा लागेतापनी केही युवाहरु भने गाउँमा नै व्यवसाय गर्न लागि परेका छन् ।
प्युटारमा नै पसिना बगाएर केही गर्नु पर्छ भन्ने भावना ,ब्यवहारले विगत दुई वर्षदेखि लागि परेका एक युवा होटल व्यवसायी दीपक लामा पनि एक हुन् ।
नेपाल सरकारको सरकारी निकायबाट स्वीकृत प्राप्त टप रेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बम्बो कटेज नामको ब्यवसायिक कम्पनी दर्ता गरेका छन् । आफ्नै स्वामित्वमा रहेको जग्गामा कटेजको निर्माण सम्पन्न लगभग अन्तिम चरणमा पुगेको युवा व्यवसायी दीपक लामा भन्छन् ।
ढलानवाला घरको निर्माण,भारतबाट बाँस ल्याएर ,कालिगढ झिकाएर टप रेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बम्बो कटेज निर्माण गर्दा रु.५० लाख खर्च भैईसकेको बताउदै युवा व्यवसायी दीपकले आफ्नो कटेजमा छलफल गर्ने मिटिङ हल ,लोकल खाना,माछा,लोकल कुखुरा, खसी ,बाख्रा ,रागा,भैसिको मासुको परिकार ,ढिडो ,तामाङ खाना ग्राहकहरुलाई खुवाउने ,ग्राहककै रोजाईमा ,गाँस ,बासको व्यवस्था गरि आन्तरिक तथा बाह्य पर्यटकको सेवाको लागि आफुले कटेजको निर्माण गरेको हो प्रष्ट्याउछन ।
वर्षले ३७ औं वर्षमा लागेका युवा व्यवसायी दीपक लामा ,राजनितिमा पनि लागेर नेपालको राजनितिक परिप्रेक्ष्यलाई नजिकबाट स्वाद चाखी सकेका छन् ।
आफुले राजनीतिलाई ब्यवसाय बनाउनु हुदैन ,राजनितिक नेता ,ब्यक्तित्वले ब्यवसाय अनिवार्य गर्नु पर्छ ,गरेर देखाउनु पर्छ भन्ने हेतुले टप रेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बम्बो कटेज खोलेको बताउनु हुँदै ,कटेजको बौद्धधर्मनुसार जेष्ठ मसान्तभित्र औपचारिक रुपमा उदघाटन गरेर व्यवसायिक रुपमा संचालन गर्ने युवा व्यवसायी दीपक लामाले तामाङपेज अनलाइनसङ्ग भेटघाटको क्रममा बताएका छन् ।