धादिङ । सोमबार धादिङको गल्छी गाउँपालिका स्थित जनकल्याण उ.मा.वि.को प्राङ्गण मास्टरमा अप्टिकल फाइबरको सिलान्यास प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको कार्यक्रममा आम सभामा झै गाउँ-गाउँ बाटै हजारौं दर्शक शहर ओइरिएका थिए ।
गाउँपालिकाको तर्फबाट प्रत्येक गाउँमा २/३ वटा सम्म गाडी रिजर्भ गरेका थिए भने सबैलाई लाग्यो कि आम सभामा प्रधानमन्त्री आउँदै छ रे,कोहिले त विद्यालयको भवन उद्घाटन गर्न आको रे,कोहिले भन्छ;चीनबाट आउने रेलको बाटोको सिलान्यास गर्न आको रे। गज्जब गज्जबको कुरा सुनियो । कोहि त ओलीको मुहार हेर्न गएको जस्तो लाग्यो । प्रतिपक्षका समर्थकहरुले त ओलीलाइ गाली गरेको समेत चाँइचुँइ सुनियो ।
जनतालाई नै राम्रोसँग थाहा छैन केको कार्यक्रम हो भनेर,फोकडका बेरोजगारीहरुलाई दर्शकको रुपमा दिनभरि तातो घाममा रोटी झैँ सेकाउँदै राख्दा गाउँघरको मेलापात कत्ती बिताए होला । उपस्थित ९० प्रतिशत दर्शकलाई पनि थाहा छैन होला के हो सूचना महामार्ग अथवा अप्टिकल फाइबर भनेर? उनले आउँदो वर्ष देशमा धेरै खालका परिवर्तन देखापर्ने कुरा सुनाए । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा भ्रम सिर्जना गर्ने कोसिस नरोकिएको बताउँदै उनले सरकारको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन् भने ।
अप्टिकल फाइबर विछ्याउने कुरालाई ठूलो उपलब्धि भन्दै उनले, ‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन्’ भनी कटाक्ष गरे ।
नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए । उनले आश्चर्य प्रकट गर्दै भने, ‘नेपालजस्तो सानो देशले दुनियाँका मञ्चमा पनि भूमिका देखाउने हो र भन्ने प्रश्न गरिन्छ ।’
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्र अप्टिकल फाइबर विछ्याउने योजना पूरा हुने बताए । अप्टिकल फाइबर विछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उनले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रम अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अरब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।
त्यही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अरब ८८ करोड रुपियाँमा जिम्मा दिएको छ । २०७३ असोज १२ गते यो विषयमा प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।
सम्झौतामा उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने भनिएको छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमबार यसको औपचारिक सुरुवात गर्न लागिएको हो ।
टेलिकमले उपकरण उपलब्ध गराउन आह्वान गरेको टेन्डर अनुसार प्राप्त निवेदनका आधारमा प्रदेश १ मा एलएस केवल कोरिया (५९६ किलोमिटर), प्रदेश २ मा आरोग्य कन्स्ट्रक्सन र चाइना रेल्वेको जोइन्ट भेन्चर (एक हजार २८ किलोमिटर) र प्रदेश ३ मा चीनको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल (सीसीएसआई ५ सय ५५ किलोमिटर) सँग सम्झौता भइसकेको अधिकारीले बताएको छ ।