बुद्ध जयन्तिको अवसरमा न्यूयोर्कमा”विविध कार्यक्रम” सम्पन्न


न्यूयोर्क,अमेरिका । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा अमेरिकाको न्यु योर्कमा पनि शनिबार हिमालयन बुद्धिष्ट कम्युनिटीको आयोजनामा र तामाङ सोसाइटी अफ न्यु योर्कको संयोजकत्वमा बुद्ध जयन्ति सम्बन्धि विविध कार्यक्रम सम्पन्न गरेको छ ।

तामाङ सोसाइटी अफ न्यूयोर्कका अध्यक्ष एवं  कार्यक्रम संयोजक गोमा योन्जनकानुसार बुद्ध जयन्तिको अवसरमा न्युयोर्कमा शान्ति भेला,र्याली ,पुजापाठ ,धार्मिक प्रवचन लगायत बुद्ध धर्म सम्बन्धि विविध कार्यक्रमहरु संचालन गरेको जनाएकी छिन् ।

कार्यक्रममा लामा गुरुहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,बौद्ध धर्मलम्बि महानुभावहरुको सहभागिता रहेको विश्व शान्तिको लागि कामना ,पुजापाठ गरेको समेत कार्यक्रम संयोजकको जिम्मेवारी पाएको तामाङ सोसाइटी अफ न्युयोर्कले जानकारी दिएको छ ।

प्रकाशित: समय: 13:26:59  572पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार