तामाङपेज संवाददाता ।
ललितपुर जिल्ला ,वाग्मती गाउँपालिकाको २०७६ बैशाख १५ गते बसेको ३४ औं पुर्ण बैठकले आर्थिक मितब्ययिताको नाममा गाउँपालिका र वडाले गर्ने कार्यक्रममा खादा प्रयोग नगर्ने लिखित सरकारी निर्णय विरुद्ध ग्याबा तामाङ उत्थान संघ,केन्द्रीय कार्य समिती,काठमाडौले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असहमती जनाएको छ ।
संघका केन्द्रीय अध्यक्ष एबम तामाङ फाउन्डेसन नेपालका महासचिव समेत रहनु भएका बाबुराम ग्याबा तामाङ र महासचिव तारा ग्याबा तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको अध्यक्षतामा बसेको बैठकले सरकारी कार्यमा खादा प्रयोग नगर्ने गाउँपालिकाको निर्णयले हामी बौद्धमार्गिहरुको आस्था माथी प्रतिबन्ध लगाउने निर्णयप्रती खेद ब्यक्त गर्दै गैर जिम्मेवारी कार्य नगर्न सचेत गराउदै सिङ्गो बौद्ध धर्मलम्बिहरुको आस्थामा खलल,आच पुग्ने हुदा जिम्मेवारी ब्यक्ती र सरकारी निकायले गलत निर्णय नगर्न सम्बन्धित गाउँपालिकाको अध्यक्षको ध्यानकेन्द्रीत गर्दछौ भनेर प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेका छन्। वाग्मती गाउँपालिकाले गरेको उक्त निर्णयको विरुद्धमा सामाजिक सन्जालमा व्यापक विरोध गरेको थियो ।
नेपाल बौद्ध महासङ्घ ,हिमालयन शेर्पा सास्कृतिक केन्द्र ,स्वदेश तथा विदेशमा रहेका संघ,संस्थाहरुले भने कानुनी उपचारको बाटो अपनाउने या कडा आन्दोलन गर्ने त्यो बारे केही दिनमा निर्णय गर्ने नेपाल बौद्ध महसङ्घले जनाएको छ ।
( ग्याबा तामाङ उत्थान संघद्वारा जारी गरेको प्रेस विज्ञप्ति)