किराँत याक्थुङ चुम्लुङ इजरायलको याक्वा तङनाम (उभौली )पूजा सम्पन्न


श्याम तामाङ
तामाङपेज ।

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा येले तङवे ५०७९ (२०७६)को अवसरमा याक्वा तङनाम (उभौली) पूजा शुक्रबार सम्पन्न भएको छ ।

इजरायलमा रहनु भएका याक्थुङ जातिहरुबीच शुभकामना आदानप्रदान गरेर पूजा आज सम्पन्न गरी याक्वा तङनामको बारेमा छलफल समेत गरेको थियो ।

यो याक्वा तङनाम विशेष गरि याक्थुङ जातिहरु आदिम कालदेखि प्रकृति प्रेमी साथै प्रकृतिपुजक भएको किराँत धर्म ग्रन्थ मुन्धुममा लेखिएको धर्म गुरुहरुको भनाई छ ।
देवी देउतालाई भाकल गरेर हावा,पानी,घाम,जुन,आगो,माटो,बालिनाली लगायतलाई पूजापाठ गरेर नेपाल र विश्वको कुनाकन्दरमा रहनु भएका किराँत याक्थुङहरुले यस पर्वलाई भब्यताकासाथ मनाउदै आएका छन् ।

प्रकाशित: समय: 10:59:03  628पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार