नेपाली राजदुतावास इजरायलको मुख्य आयोजना ४४ वटा संघ संस्थाहरुको आयोजना र १५ वटा मिडियाहरुको सहकार्यमा बुद्ध जयन्ति भब्यताकासाथ मनायो ,विभिन्न देशका राजदुतहरुको उत्साहजनक सहभागि


श्याम तामाङ
तामाङपेज ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाली राजदुतावास इजरायलयको मुख्य आयोजना ४४ वटा संघ संस्थाहरुको आयोजना र १५ वटा मिडियाहरुको सहकार्यमा शनिबार भब्यताकासाथ बुद्ध जयन्ति समारोह मनाएको छ ।

इजरायलयका लागी नेपाली राजदुत डा.अन्जन शाक्यले भगवान शाक्यमुनी गौतम बुद्धको सिद्धान्त ,धार्मिक महत्वका बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो ।

इजरायलमा रहेका नेपाली संघ,संस्थाहरुको प्रतिनिधि ,इजरायलमा रहेका माल्दिभ्स ,दक्षिण कोरिया,भियतनाम ,म्यान्मार,श्रीलंका ,क्यार्लिफोनिया लगायतका देशहरुका राजदुतहरु,युनिसेफका डा.ध्रुबराज कोईराला,डा.तपराज पन्त ,राजेश कायस्थ ,एन आर एन ए इजरायलका पदाधिकारिहरु,बौद्ध धर्म गुरुहरु,बौद्ध धर्मलम्बिहरुको उत्साहजनक सहभागिता रहेको समारोहमा राजदुतावासका नियोग उपप्रमुख आस्था सुब्बाले समारोहबारे जानकारी गराएकी थिइन।

बुद्ध जयन्तिको अवसरमा आयोजित सभाको अन्त्यमा प्रसाद वितरण गरेर समारोह सम्पन्न भएको इजरायलका लागि नेपाली राजदुतावासकी नियोग उपप्रमुख आस्था सुब्बाले जानकारी गराउनु भएको छ ।

प्रकाशित: समय: 9:57:10  789पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार