प्रथम सुनापति गाउँपालिका अध्यक्ष कप शुरु,प्रतियोगिता ४ दिनसम्म संचालन हुने


श्याम तामाङ
तामाङपेज ।

रामेछाप जिल्ला ,सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखी स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराकासाथ प्रथम सुनापति गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष गीता विष्टले एक भब्य समारोहकाबीच उदघाटन गरेकी छिन् ।

जेष्ठ ५ गतेदेखी ८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको ,विजयी टीमलाई नगद,शिल्ड ,प्रमाणपत्रको व्यवस्था रहेको सुनापति गाउँपालिका सुचना प्रविधि अधिकृत सन्तोष चौलागाईंले तामाङपेज अनलाइनलाई जानकारी दिएका छन् ।

प्रकाशित: समय: 8:48:38  790पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार