लक्ष्मण तामाङ,२०७६ जेठ ६ धादिङ। गाउँमै बसेर महिनाको ५० हजार कमाउन सकिन्छ ? भन्नेहरु सायद हाम्रो समाजमा कमै देखिन्छन् तर सकिन्छ भन्ने दृढ सङ्कल्पका साथ धादिङका सुन बहादुर स्याङ्तानले कुखुरापालनबाटै महिनाको ५० हजारसम्म कमाउदैं आउनुभएको छ।
धादिङको गजुरी गाउँपालिका वडा नं.८ निवासी सुन बहादुर स्याङ्तानले कुखुरापालनबाटै महिनामा ३० हजारसम्म आम्दानी हुन्छ भन्दा कोहि कसै तीन छक्क पर्छन् नै। हाल गजुरीको रिठ्ठाबोटे आधारभूत विद्यालयमा पढाउदै आउनुभएका स्याङ्तानले शिक्षक पेशाबाट मात्र २३ हजार तलब पनि थाप्दै आउनुभएको छ। पार्ट टाइम कामको रुपमा कुखुरापालन गर्दै आउनुभएका सुन बहादुरले दुवै पेशामा गरि महिनामा ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो।
२०६७ सालदेखि कुखुरा फार्म खोली शुरु गरेको कुखुरापालन व्यवसाय २०७२ सालको भूकम्पले गर्दा एकबर्ष रोकिएको उक्त व्यवसाय फेरि सन्चालनमा ल्याएको उहाँले बताउनुभएको हो। हाल स्याङ्तानले उक्त फार्ममा २ हजार सम्म चल्ला हाल्दै आउनुभएको छ । आफ्नो व्यवसाय प्रति निकै सन्तुष्ट रहेको र घर व्यापार चलाउन पनि सजिलो भएको स्याङ्तानले हामीलाई जानकारी दिनुभएको हो ।
अचम्म लाग्न सक्छ कोहि कसैलाई,गाउँमै बसेर महिनाको ५० हजार कमाउँदा । स्याङ्तानले विद्यालयमा विद्यार्थीहरुलाई मात्र पाठ पढाउने काम गरेनन् ,उनले खाडी मुलुकको तातो घाम अनि बाफमा ढाड सेक्न गएका युवाहरुलाई निकै मज्जाको पाठ पढाएका छन्। गाउँको एउटा कुनाकाप्चाको सानो कामले देशका गाउँ शहरका बेरोजगारीहरुलाई गज्जबको झापड सुन बहादुर स्याङ्तानले दिए ।