नेपाल तामाङ घेदुङ इजरायलको तामाङ शैक्षिक कोषमा रु.११ लाख जम्मा गरिएको निवर्तमान अध्यक्ष अनिता तामाङद्वारा जानकारी


श्याम ङेसुर तामाङ
तामाङपेज ।

विश्व भरका तामाङ एक होऔ ,हाम्रो संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराकासाथ स्थापित नेपाल तामाङ घेदुङ इजरायलको पाचौं अधिबेशन शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ ।

पूर्व अध्यक्ष माया (दीप्मा) तामाङको नेतृत्वमा नेपाल तामाङ घेदुङ इजरायलले शुरुवात गरेको रु.५ लाखको अक्षय कोष खडा गरी २०७६ जेठ १ गते घेदुङ बहुउद्देश्यीय सहकारी संस्था,चुच्चेपाटी,काठमाडौमा सि.नं.१८,सदस्यता नं.०१४५१,खाता न.०००१८ नेपाल तामाङ घेदुङ इजरायलको नामबाट शैक्षिक अक्षय कोषको निमित्त सो रकम निवर्तमान अध्यक्ष अनिता तामाङले रु. ५ लाख ,५ लाखको एक वर्षको रु.५० हजार ब्याज र पुन रु.५ लाख ५० हजार थप गरी नेपाल तामाङ घेदुङ इजरायलको नामबाट रु.११ लाख रुपैया जेठ १ गतेदेखि २०७७ बैशाख ३१ गतेसम्मको लागि सयकडा १५% का दरले ब्याज प्राप्त हुने गरि एक वर्षको लागि जम्मा गरेको नेपाल तामाङ घेदुङका सङघीय उपाध्यक्ष कुमार घिसिङ तामाङले जानकारी दिनु भएको छ ।

निवर्तमान अध्यक्ष अनिता तामाङकानुसार सो अक्षय कोषको रकमको ब्याजबाट प्राप्त रकमले तामाङ गरिव,जेहेन्दार र उत्पीडित वर्गका तामाङ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान वार्षिक रुपमा प्रदान गर्ने जनाईन ।

शुक्रबार सम्पन्न नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिबेशनले नेपाल तामाङ घेदुङ इजरायलकी निवर्तमान महासचिव अनिला मोक्तानको अध्यक्षतामा नयाँ कार्य समिती निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित: समय: 6:18:35  1078पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार