धादिङको गल्छिमा प्रधानमन्त्री केपि ओलीले अप्टिकल फाइबरको सिलान्यास गर्दै


धादिङ । धादिङको गल्छिमा सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ। देशभरका सबै जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’तयार गर्ने उदेश्यले धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा एक कार्यक्रम गरि प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ः०० बजे सिलान्यास गर्ने जनाएको छ ।

आजैदेखि सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि फाइबर बिछ्याउने कामको औपचारिक उद्घाटन हुनेछ। टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ भने यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले आफ्नो सेवा विस्तार गर्नेछ ।

प्रकाशित: समय: 5:17:00  312पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार