गिम्दीको थुम्कि आधारभुत विद्यालयलाई शौचालय हस्तान्तरण


तामाङपेज संवाददाता ।

ललितपुर ।

वाग्मती-७ गिम्दी थुम्किमा रहेको श्री थुम्कि आधारभुत विद्यालयको हाताभित्र डनबस्कोको आर्थिक सहयोगमा नवनिर्मित शौचालय विद्यालयलाई आईतबार हस्तान्तरण गरेको छ ।

नवनिर्मित शौचालय हस्तान्तरण समारोहमा वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले शौचालय निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई कदर पत्र प्रदान गरेको वाग्मती -७ गिम्दिका वडाअध्यक्ष नवराज संजेलले जानकारी दिनुहुदै सो समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता कृष्ण बल,नेपाल तामाङ घेदुङ ,वाग्मती गाउँपालिका अध्यक्ष श्याम लामा,शिक्षक,शिक्षिका,विद्यार्थी ,अभिभावक ,वडाका वडा सदस्यहरु ,सरोकारवालाको सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 13:42:01  462पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार