श्याम ङेसुर तामाङ
तामाङपेज ।
नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिबेशन शुक्रबार भब्यताकासाथ सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ इजरायल ,पाँचौ अधिबेशन निर्वाचन समितिका संयोजक उर्मिला पाख्रीन,सदस्यहरु कल्पना मोक्तान ,माया (दीप्मा) तामाङ सम्मिलित निर्वाचन समितिले विगत लामो समयदेखी समाज सेवामा लागि पर्नु भएकी नेपाल तामाङ घेदुङ इजरायलकी निवर्तमान महासचिवको समेत नेतृत्व सम्हाल्नु भएकी एक महिला अधिकारकर्मी,अनिला मोक्तान, नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्ष पदको नेतृत्वमा,वरिष्ठ उपाध्यक्ष सीता घिसिङ,उपाध्यक्षहरु एलिजा दोङ,छात्र गोले,लाक्पा तामाङ,रोजी मोक्तान ,सुनिता मोक्तान ,महासचिव पेमा पाख्रीन,सचिव निङमा तामाङ,सहसचिव छ्योकी डुम्जन ,कोषाध्यक्ष गीता घिसिङ र सहकोषाध्यक्ष शर्मिला तामाङ निर्वाचित भएका छन् ।
यस्तैगरी कार्यकारिणी सदस्यहरुमा दिवस घिसिङ,उत्तम तितुङ,फुर्वा लोप्चन,चित्रकुमारी तामाङ,पुष्कल घिसिङ,आङनिमा तितुङ,रुपा स्याङतान ,दावा तामाङ,कल्पना स्याङतान,पासाङल्हामु ग्लान ,सुनिमाया तामाङ,माया ब्लोन,रेणु मोक्तान तामाङ हुनुहुन्छ ।
नेपाल तामाङ घेदुङ इजरायलले कार्यकारिणी समितिको मातहातमा शैक्षिक ,धार्मिक,अनुशासन ,अन्तरास्ट्रिय समन्वय,भाषा साहित्य ,संस्कृती,महिला,संचार,युवा संगठन,सल्लाहकार समिति जस्ता विभागहरुको विभागीय समिति तथा पदाधिकारीहरु समेत छनोट गरेको छ ।
यस्तैगरी शैक्षिक विभाग प्रमुख सुन्दरसिंह योन्जन,उपप्रमुख रोजी मोक्तान ,धार्मिक विभाग प्रमुख गुरु थुप्तेन लामा,अनुशासन विभाग प्रमुख विवि योन्जन,उपप्रमुख कल्पना मोक्तान,अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख माया ( दीप्मा) तामाङ,उपप्रमुख दिनेश मोक्तान ,भाषा साहित्य विभाग प्रमुख नानिमाया योन्जन ,उपप्रमुख दीपा माम्बा ,संस्कृती विभाग प्रमुख सारा लामा,उपप्रमुख लिला तामाङ,महिला विभाग प्रमुख सानुमाया लोप्चन ,उपप्रमुख अनिता स्याङतान ,संचार (प्रचार प्रसार) विभाग सुरेन्द्र योन्जन ,उपप्रमुख लिजा तामाङ र युवा संगठन विभाग प्रमुखमा तेजबहादुर तामाङ,प्रमुख सल्लाहकार अनिता तामाङ ,सल्लाहकारहरुमा मिश्रीडोल्मा योन्जन,केशरी योन्जन,माला योन्जन,जुनामाया घिसिङ,छिरिङ रुम्बा,शरिन ख्युङबा,दलबहादुर लोप्चन,सुमित्रा मोक्तान,प्रमुख संरक्षक कल्पना मोक्तान,संरक्षक माया(दिप्मा) तामाङलाई सर्वसहमत निर्बाचित भएको नेपाल तामाङ घेदुङ इजरायल ,पाँचौ अधिबेशन निर्वाचन समितिकी संयोजक उर्मिला पाख्रीन तामाङले जानकारी दिएकी छिन् ।