नव बिजय महेन्द्र माबिको समाजिक परिक्षणगर्ने भएको छ


रसुवा ,पारस्पारिक जफावदेहिता परियोजना अन्तरगर्त रसुवाको उत्तर गया गाउ पालिका वडा नम्वर ४ भलायाडाडा मा रहेको नव बिजय महेन्द्र माबिको समाजिक परिक्षणगर्ने भएको े छ ।

शैक्षिक गुणस्तर वृद्धिका लागिे सामाजिक परीक्षण गर्ने लागीएको हो विद्यालयको सम्पूर्ण पक्षबारे सघन अध्ययन गरी गुणात्मक सुधार ल्याउन विद्यालयले सामाजिक परीक्षण गरि सार्वजनिक गरिने सामुदायिक बिकास केन्द्र पारस्पारिक सामाजिक परीक्षण जफावदेहिता परियोजना रसुवाका कार्यक्रम अधिकृत राजु आचार्यले बताउनु भयो ।

सामाजिक परीक्षण कार्यक्रमको बारेमा आज भएको अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामीछाने शैक्षिक सत्र २०७५।०७६ को आयव्यय विवरण सहित हरेक पक्षलाई समेटेर समेटेर तयार पारिएको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिने बताउनु भयो।आउने प्रतिवेदनमा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक, व्यवस्थापकीय पक्षमा भएकाका उपलब्धी, सिकाई, चुनौती र सुधार गर्नुपर्ने पक्षलाई समेटिने आसा लिएको बताउनु भयो ।

विद्यालयको हरेक गतिविधिलाई पारदर्शी बनाई देखिएका समस्या र चुनौतीलाई हटाउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुले जोड दिएका थिए । छलफल कार्यक्रमको अवसरमा उत्तर गया गाउ पालिका वडा ४का वडा अध्यक्ष केशव बहादुर बुलुङल ले राम्रो विद्यालय, राम्रो विद्यार्थी बनाउन योजनाबद्ध ढंगले लाग्नुपर्ने सुझाव दिनुभयो । प्रतिपर्धाको बेला आएकाले शैक्षिक गुणस्तरमा वृद्धि गर्न तनमन दिई अध्ययन अध्यापनमा लाग्नुपर्ने आवश्यक रहेको आफु २ कार्यकाल बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेकार उहाँले छिमेकी विद्यालयहरुसँग प्रतिपर्धामा उत्रिनका लागि शिक्षा प्रणालीमा व्यापक परिवर्तन, लगनशीलताको खाँचो रहेको औल्याउनुभयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्तामहासंघरसुवाका अध्यक्ष लीलानाथ न्यौपाने नागरिक समाज पारस्परिक जवाmदेहिता परियोजनाले रसुवाको पुरै भुभाग नसमेटेनी आगामी दिनमासहकार्य आवश्यकता रहेको बताउनु भयो । रसुवा जिल्ला को कालिका गाउ पालिका वडा नम्वर ३ र ५ र उत्तर गया गाउ पालिकाको ४ मा नमूना विद्यालय छनौट गतवर्षदेखि सामाजिक परीक्षण सार्वजनिकीकरणमा सहयोग र सहकार्य गर्दै आएको परियोजना संयोजक लक्ष्मी फुयाले बताउनु भयो ।।े । उहाँले यसै गरी। यसवर्ष पनि जिल्लाका एक ओटा विद्यालयलाई सामाजिक परीक्षणका लागि नमूना विद्यालय छनौट गरी सामाजिक परीक्षण कार्यक्रम संचालन गर्ने लागेको बताउनु भयो । कार्यक्रममा गैरसरकारी महासंघ रसुवाका उपाध्यक्ष शीला मगरले ,अभिभावकहरुको सक्रियता र सहयोगले विद्यालय यो अवस्थामा आइपुगेको औल्याउँदै विद्यालयको सम्पूर्ण पक्षमा गुणात्मक सुधारको लागी हरेक तहवाट सहयोग खाँचो रहेको जिकिर गर्नूभयो ।

प्रकाशित: समय: 11:54:48  362पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार