तपस्वि रामबहादुर बम्जन सिन्धुलीमा सार्वजनिक ,पाँच हजार भक्तजनहरुलाई दर्शन दिनुहुदै


श्याम तामाङ ।

सिन्धुली जिल्ला,कमलामाई नगरपालिका वडा न.८ पैरोस्थित आश्रममा शुक्रबार तपस्वि रामबहादुर बम्जन सार्वजनिक हुनु भएको छ ।

नेपालको ७७ ओटै जिल्लाबाट तपस्वि बम्जनका अनुयायीहरु स्वदेशी तथा विदेशी भक्तजनहरु सिन्धुलीमा दर्शन भेटको लागि भेला भएका छन् । पटक पटक चर्चामा आएका तपस्वि रामबहादुर बम्जनले शुक्रबार भक्तजनहरुको टाउकोमा छोएर आशिष् तथा दर्शन भेट दिदै ,१४ औं विश्वशान्ति मैत्री पूजामा सार्वजनिक भएका हुन् ।

विभिन्न जिल्लाबाट र विदेशबाट आएका अनुयायीहरुले गेटमा नाम लेखाएर ,छालाबाट निर्मित जुत्ता,पेटी,पस,अन्य वस्तु ,धातुबाट बनेका सामग्री लान र पूजास्थलमा फोटो खिच्न निषेध गरेको ,तपस्वि बम्जनबाट शुक्रबार देखि भक्तजनहरुलाई दर्शन भेट शुरु भएको बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्रबहादुर घिसिङले जानकारी दिएका छन् ।

सिन्धुलीमा तपस्वि बम्जनको आश्रम, चाईनिज शैलिको आलिसान भवन छ ,उक्त भवन भित्र प्रवेश निषेध छ ,ठूलो पर्खाल ,चारैतिर काडे तारले बारेको ,आफ्नै सुरक्षा स्वयंसेवक राखिएको ,कोहि कसैलाई प्रवेश गर्न नदिएको ,भक्तजनहरु हजारौ भेला भएपछी सिन्धुलीको सुरक्षा स्थिती ,निगरानी अगाडि बढाईएको प्रहरी उपरीक्षक (एसपी ) चक्रबहादुर सिंहले जानकारी दिनु भएको छ ।

सिन्धुलीमा जेष्ठ २,३ र ४ गतेसम्म विश्व शान्ति पूजाको आयोजना गरेतापनी तपस्वि रामबहादुर बम्जनले दर्शन भेट तथा आशिष भने शुक्रबार देखि मात्र भक्तजनहरुलाई दिनु भएको बोधी श्रवण धर्म संघले जनाएको छ ।

प्रकाशित: समय: 3:20:13  1974पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार