तामाङ घेदुङ बहराइनले मे २४ तारिखमा बुद्ध जयन्ति समारोह मनाउने अध्यक्ष महेन्द्र तामाङद्वारा जानकारी


तामाङपेज संवाददाता ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ बहराइनले मे २४ तारिखमा बहराइनको मानमास्थित ओरेण्टल होटल प्लाजामा बिहान ११ बजेदेखी बुद्ध जयन्ति समारोह भब्य रुपमा मनाउने भएको छ ।

नेपाल तामाङ घेदुङ बहराइनका अध्यक्ष महेन्द्र तामाङकानुसार बुद्ध जयन्ति समारोहमा लामागुरुबाट धार्मिक पूजापाठ ,बोधिचित्त माला ,धार्मिक सामग्रीको स्टल,म्हेन्दोमाया गायक रोम लामा,आर.वी.लामाको प्रस्तुतिका साथ विविध समारोहहरु गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

बुद्ध जयन्ति समारोहमा उपस्थितिको लागि बहराइनमा रहनु भएका दाजुभाई तथा दिदिबहिनिहरुलाई निमन्त्रणा गरेको समेत बहराइन घेदुङका अध्यक्ष महेन्द्र तामाङले बताउनु भएको छ ।

प्रकाशित: समय: 2:32:03  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार