नेपाल तामाङ घेदुङको अन्तरक्रिया कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ सङ्घिय सचिवालयले काठमाडौको चुच्चेपाटीमा तामाङ समाजमा बुद्ध धर्मको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बौद्ध धर्म गुरु खेन्पो सोनमग्युर्मे बलले बौद्ध धर्म सम्बन्धि विशेष धार्मिक प्रवचन ,नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष ,विद्धान परशुराम तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङ सङघिय उपाध्यक्ष बेली तामाङ,नेपाल तामाङ घेदुङका केन्द्रीय पूर्व महासचिव कुमार ब्लोन ,नेपाल तामाङ लामा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष लामा गुरु पाल्साङबज्र वाईवा तामाङ लगायतले विषय वस्तुका बारेमा आ-आफ्नो विचार राख्नु भएको थियो ।

घेदुङको सचिवालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रमम घेदुङका पदाधिकारीहरु ,लामा गुरुहरु,पत्रकार,लेखक ,बुद्धिजीवी ,सरोकारवालाहरुको सहभागिता रहेका थिए।

प्रकाशित: समय: 16:52:12  665पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार