श्याम तामाङ ।
भगवान शाक्यमुनि बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा शनिबार चुच्चेपाटी,टुसाल,बौद्ध स्तुपा परिसरमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्र ,केन्द्रीय कार्यालय काठमाडौ लगायतका बौद्ध संघ संस्था,बौद्ध धर्मलम्बिहरुले शान्ति पद यात्रा कार्यक्रम गरेको छ ।
केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाकानुसार समस्त प्राणी जगत र विश्वमा शान्ति फैलियोस भन्ने उद्धेश्यले शान्ति पद यात्रा गरेको बताएका छन् ।
हिमालयन शेर्पा साँस्कृतिक केन्द्र विगत २५ वर्षदेखी शेर्पा जातिको कला,गीत,सङ्गीत ,भेषभुषा,लिपि ,भाषाको संरक्षण ,संबर्द्धनको लागि महत्वपूर्ण योगदान दिदै आएको यस केन्द्रको शेर्पाहरुको बाहुल्यता भएको जिल्लाहरुमा शाखा कार्यालयहरु रहेको छ ।