समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण भएको गृहमन्त्रीको दाबी


गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् ।

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा शनिबार बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा बोल्दैउनले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताए ।

विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापी भएको उनको भनाइ थियो ।

धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उनले जानकारी गराए ।

कार्यक्रममा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपको धार्मिक महत्व विश्वका बौद्ध धर्मावलम्बीकै लागि भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।

उक्त अवसरमा चिनियाँ लामा भूपतिबज्र लामाले डा सुनितासिंह लामाले लेख्नुभएको पुस्तक ‘अनाथको बेदना’ विमोचन गरेका थिए ।

कार्यक्रमपछि बौद्ध परिसरबाट पीपलबोट–बौद्ध–चावहिल हुँदै फेरि बौद्धसम्म शोभा यात्रा गरिएको थियो ।

प्रकाशित: समय: 11:34:33  540पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार