म्हेन्दोमाया कलाकार संघ नेपालको पहिलो अधिबेशन सम्पन्न ,अध्यक्षमा राज किङ सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


श्याम तामाङ
तामाङपेज ।

नेपालको विशेष गरि धादिङ ,नुवाकोट ,रसुवा ,चितवन ,गोरखा लगायतमा रहेका पस्चिमेली तामाङ समुदायमाझ परम्परागत मौलिक पहिचान ,कला,शैली बोकेको म्हेन्दोमाया गीतलाई संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले स्थापित म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो वार्षिक साधारण सभा तथा पहिलो अधिबेशनको शुक्रबार पूर्वमन्त्री एबम सभासदध्यय दिलमान पाख्रीन र परशुराम तामाङले दीप प्रज्वलन गर्नु भएर एक भब्य समारोहकाबीच काठमाडौको सामाखुशीमा समुदघाटन गर्नु भएको छ ।

अधिबक्ता रामप्रसाद रिजाल,विगेन्द्रसिंह वाईवा ,सन्जीव वाईवा तामाङ सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले दुई वर्षको लागि सुकबहादुर (राजकिङ) तामाङको अध्यक्षतामा उपाध्यक्ष रोशन फ्युबा ,महासचिव वङच्यु पासाङ(राम) गोम्जा,सचिव युवी मोङ्रेसा,कोषाध्यक्ष एन्जिला वाईवा तामाङलाई निर्विरोध निर्वाचित गरेको छ भने संघको अन्य कार्य समितिका सदस्यहरुमा मीना लामा,आशिक गोङबा,रुपा एस घले,मुन्न घले,जयवीर तामाङ,डोल्मा मनाङथेन तामाङलाई निर्बाचित गरेको निर्वाचन समितिका सदस्य विगेन्द्रसिंह वाईवा तामाङले जानकारी दिएका छन् ।

सामाखुसी स्थित क्वालिटी क्याफेमा चर्चित गायक,गायक ,सङ्गीतकार,गीतकार,मोडल,म्हेन्दोमाया गीतका सर्जकहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 11:18:06  947पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार