साम्सद नवराज सिलवाल दक्षिण कोरियामा व्यस्त ,मंगलबार स्वदेश फर्किने


श्याम तामाङ ।

ललितपुर जिल्ला ,क्षेत्र न.१ का प्रतिनिधि सभाका साम्सद एबम संसदको अति शक्तिशाली समिती राज्य व्यवस्था समितिका सदस्य नवराज सिलवाल,केही दिनदेखि दक्षिण कोरियामा आयोजित विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहेका छन् ।

शुक्रबार दक्षिण कोरियाको जोलानाम प्रोभिन्स गोहेयुङ राष्ट्रका गभर्नर सोग गुई गुएन लगायतको प्रतिनिधि मण्डलसङ्ग नेपाल र ललितपुरको विकासका सवालमा औंपचारिक छलफल भएको दक्षिण कोरियाबाट प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले बताउनु भएको छ ।

दक्षिण कोरियामा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनी,दक्षिण कोरियामा रहेका संघ संस्थाका प्रतिनिधि,दक्षिण कोरियाका सरकारी अधिकारीहरुसङ्ग भेटघाट र छलफलमा रहनु भएका साम्सद सिलवाल,मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी गराएका छन् ।

प्रकाशित: समय: 9:51:30  638पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार