ललितपुर काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान शुरु


तामाङपेज संवाददाता ।

ललितपुर ।

नेपाल तरुण दल ललितपुर जिल्ला कार्य समितिले नेपाली काङ्ग्रेस ललितपुर पार्टी कार्यालय नखिपोटमा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एबम केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे ,नेपाली काङ्ग्रेस ललितपुरका सभापती एबम पुर्व सभासद मदनबहादुर अमात्य ,पुर्व अर्थ राज्य मन्त्री एबम सभासद उदयशम्शेर राणा,नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेत ,नेपाल तरुण दल ललितपुर जिल्ला अध्यक्ष शिवराम महर्जन लगायतले ललितपुरमा नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन तरुण दलले शशक्त भुमिका खेल्नु पर्ने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य प्रकाशनन्दन जोशी,ललितपुर जिल्ला,ललितपुर महानगर ,महालक्ष्मी नगर ,गोदावरी नगर ,कोन्ज्योसोम ,महाङकाल ,वाग्मती गाउँपालिका अन्तर्गतका तरुण दलका क्षेत्र न.१ का अध्यक्ष कमल तामाङ,क्षे.न.३ का अध्यक्ष सुन्दर महर्जन,तपतहका नेतृत्वहरुको ब्यापक सहभागिता रहेको नेपाल तरुण दल ललितपुर जिल्ला सचिव दिनेश संजेलले जानकारी दिएका हुन् ।

प्रकाशित: समय: 8:35:53  814पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार