श्याम तामाङ ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल आदिवासी जनजाती महासङ्घ बहराइन र नेपाल मगर सङ्घ,तमु समाज,किराँत याक्थुङ चुम्लुङ,तामाङ सेवा समाज बहराइन,किराँत राई यायोक्खा,शेर्पा किदुगको संयुक्त आयोजनामा बहराइनका लागि नेपाली राजदुत पदम सुन्दासको प्रमुख आतिथ्यमा छ्योमे (दीप) प्रज्वलन गरेर बुद्ध जयन्ति समारोहको औपचारिक रुपमा समुदघाटन गर्नु भएको छ ।
आदिवासी जनजाती महासङ्घ बहराइनका अध्यक्ष झहरमान थेबेको सभाअध्यक्षतामा महासङ्घका महासचिव मिलन राईले सन्चालन गर्नु भएको समारोहमा राजदुत पदम सुन्दास,नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ ,नेपाल आदिवासी जनजाति महासङ्घ बहराइनका सल्लाहकार दीपक गुरुङ लगायतले भगवान बुद्धको शिक्षा,सिद्धान्त र बुद्ध जयन्तिको अवसरमा आ-आफ्नो बिचार राख्नु भएको थियो ।
धार्मिक पुजापाठ लामा गुरु केसाङ लामा,दावाछिरिङ लामाले बौद्ध धर्मको शास्त्र बमोजिम गर्नु भएको थियो भने नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र तुम्बापोले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
बहराइनमा शुक्रबार आयोजित समारोहमा आदिवासी जनजाती सङ्घ संस्था,गैर आदिवासी जनजाती सङ्घ संस्थाका प्रतिनिधि,बौद्ध धर्मलम्बिहरुको व्यापक सहभागिता र नेपाली राजदुतावास बहराइनका नियोग उपप्रमुख खगराज पाण्डे,तृतिय सचिव रुउस कार्की,समाजसेवी एबम एन आर एन ए बहराइन अध्यक्ष लाल पुन ,समाजसेवी दुर्गाबहादुर गिरी ,गमबहादुर गुरुङ लगायत बहराइनमा रहेका दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागिता रहेको प्रसाद वितरणपश्चात् समारोह सम्पन्न भएको तामाङ सेवा समाज बहराइनका अध्यक्ष सोनम दोङ तामाङले जानकारी गराएका छन् ।