आज भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ति विश्वभर विभिन्न सभा ,समारोह गरेर मनाईदै


श्याम तामाङ ।

शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपालमा रहेका गुम्बा ,विहार,बौद्ध धर्मलम्बि सङघ ,संस्थाहरुले धुमधामकासाथ बृहत् शान्ति र्याली ,सरसफाई,पुजापाठ ,धार्मिक प्रवचन जस्ता कार्यक्रमहरु गरेर बौद्धमार्गिहरुले बुद्ध जयन्ति मनाउदै छन् ।

नेपालमा मात्र नभै प्रवासमा रहेका संघ,संस्थाहरुले पनि आ-आफ्नो तरिकाले बुद्ध जयन्ति मनाउने भएको छ ।

नेपाली बौद्धमार्गिले मात्र नभै विश्वका बौद्धमार्गि तथा बौद्ध धर्म मान्ने राष्ट्रहरु थाईल्याण्ड,जापान,श्रीलंका ,भुटान लगायतका देशहरुमा पनि आजै मनाउदै छन् ।

प्रकाशित: समय: 1:41:37  571पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार