शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिमा लामा घेदुङले १७ जिल्लामा लामा गुरुहरुलाई खटायो ,केन्द्रीय अध्यक्ष पाल्देन योन्जन भने बेलायतमा


तामाङपेज संबाददाता ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ लामा घेदुङले मुलुकका १७ वटा जिल्लामा लामा गुरुहरुलाई खटाईएको छ भने लामा घेदुङका केन्द्रीय अध्यक्ष लामा गुरु पाल्देन योन्जनलाई यो पल्टको बुद्ध जयन्तिमा बेलायतमा पुग्नु भएको छ ।

नेपाल तामाङ लामा घेदुङकानुसार केन्द्रीय उपाध्यक्षहरु लामा गुणा खामासोम ,मिण्डु योन्जन खोटाङ,धर्म डुम्जन उदयपुर,तीर्थ थोकर कास्की ,महासचिव मणिकुमार मोक्तान धनकुटा ,प्रदेस न.३ अध्यक्ष शुक्र मोक्तान दोलखा ,प्रदेस न.१ अध्यक्ष सिंङ्गवीर मोक्तान संखुवासभा,उपाध्यक्ष मानबहादुर गोले झापा तोकीएको छ ।

बुद्ध जयन्तिमा हुने विभित्र सभा समारोहमा नेपाल तामाङ लामा घेदुङका केन्द्रीय सदस्यहरु सोनाम गोङबा सुनसरी ,ज्ञानबहादुर योन्जन संखुवासभा,मानबहादुर तामाङ धनुषा,भुपाल तामाङ लमजुङ ,शुक्र मोक्तान भोजपुर,आनी इन्द्रकुमारी तामाङ,यामबहादुर पाख्रीन संखुवासभा,नगेन्द्र तामाङ,सुरेन्द्र तामाङ मोरङ,नरेश तामाङ तेह्रथुम ,ठीलेन तामाङ काठमाडौ ,संजय ग्युर्मे बम्जन तामाङ ललितपुर,लक्षु तामाङ तनहुँ ,मानबहादुर पाख्रीन तामाङलाई नवलपरासीमा जिम्मेवारी प्रदान गरिएको नेपाल तामाङ लामा घेदुङका केन्द्रीय सचिव जय पाख्रीन तामाङले जानकारी दिनु भएको छ ।
नेपाल तामाङ लामा घेदुङको केही दिन अघिमात्र अधिबेशन सम्पन्न भएपनी सक्रियताकासाथ लागि परेका छन् ।

 

 

प्रकाशित: समय: 16:57:59  1054पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार