दोरम्बामा स्वास्थ्य शिविर सम्पन्न,सयौं स्थानीय वासी लाभान्वित


श्याम तामाङ ।
रामेछाप जिल्ला,दोरम्बा गाउँपालिका -७ थापागाउँमा मंगलबार र बुधबार गरि दुई दिने नि:शुल्क स्वास्थ्य शिविर, दोरम्बा गाउँपालिका र शान्ति फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
दोरम्बा गाउँपालिकाको वडा नं.४,५,६ र ७ वडाका सयौं स्थानीय वासिन्दाले शिविरबाट लाभ लिएका थिए ।

शान्ति फाउण्डेसनकी अध्यक्ष शान्ति लामाकानुसार पाठेघर परीक्षण ४ सय जना,आँखा जाँचमा ६ सय २० जना,पाठेघर मुखको क्यान्सर १० जना,आङखस्ने समस्या १६ जनालाई रिङ राखिएको,३ सय जनालाई यौन रोग उपचार,४ सय जनालाई एच आई भी टेष्ट गरिएकोमा कसैलाई नभेटिएको बताईन।

६ सय २० जना आँखाका रोगीहरुलाई जाँच गरिएकोमा ३ सय ९ जनालाई उपचार तथा औषधि वितरण,१ सय ७० जनालाई चस्मा वितरण गरिएको आँखा रोग विशेषज्ञ डा.सरोज गौतमले बताउनु हुँदै ३६ जना आँखाका रोगीहरुमा मोतिविन्दु रहेको जानकारी दिनु भयो ।

संचारकर्मी सन्ध्या मोक्तानले स्थलगत रुपमा जानकारी दिनु हुँदै उक्त स्वास्थ्य शिविर दोरम्बा गाउँपालिका ,शान्ति फाउण्डेसनको आयोजनामा ग्रामीण विकास निर्माण नेपालको समन्वय,नेपाल परिवार नियोजन संघ,दृष्टि आँखा केन्द्र कलङकी काठमाडौको प्राविधिक सहयोग र डाईरेक्ट रिलिफ नेपालको आर्थिक सहयोगमा बैशाख ३१ र जेष्ठ १ गते आयोजित उक्त शिविरमा दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिंह तामाङ ,दोरम्बा-७ लखनपुर वडाध्यक्ष रेम थापा,समाजसेवी प्रवीण मोक्तान,वडा सदस्यहरु सुर्यलाल श्रेष्ठ ,तारालाल श्रेष्ठ ,सीतामाया श्रेष्ठ ,लखनपुर स्वास्थ्य चौकीका प्रतिनिधि भुलाप्रसाद ढुङ्गेल लगायतको सहभागी रहेको बताएकी छिन् ।

उक्त दुई दिने स्वास्थ्य शिविरमा सयौंले महिला यौन रोग,पाठेघर क्यान्सर ,पाठेघर खसेको ,परिवार नियोजन सम्बन्धि अस्थायी ,नरप्लाण्ट,इम्प्लाण्ट,महिला ,पुरुष बन्ध्याकरण ,आँखा परिक्षण ,नि:शुल्क औंषधी समेतका सेवाहरु प्राप्त गरेका थिए भने शिविरबाट १ हजार ५ सयभन्दा बढी लाभान्वित भएका छन् ।

प्रकाशित: समय: 13:10:44  789पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार