तामाङपेज संवाददाता ।
ललितपुर महाङकाल गाउँपालिका-१ बुखेल वडा कार्यालयले तीन दिने वडाको टोल टोलमा पुगेर योजना संकलन गर्ने सूचना सार्वजनिक गरेका छन् ।
वडा अध्यक्ष खोमप्रसाद गौतमले आ.व.०७६/०७७को लागि जेष्ठ ५ गते बिहान ७ बजे कतुवनवेसिको दुधडेरी,१० बजे महतटोल विमिरे,खरिडाँडाको तल्लो भाग,उन्युचौरको लागि बालमुकुन्द आधारभुत विद्यालय,उन्युचौरमा दिउँसो १ बजे,केपलडाडा,विमिरे पिताम्बर घिमिरेको घरमा दिनको ३ बजे र जेष्ठ ६ गते टोडके,चिउलीडाँडा,लामिडाँडाको लागि सरस्वती आधारभुत विद्यालय छ्यासेडाडा बिहान ७ बजे,डिमिनडाडा,सोलिथुमको लागि गोल्छाप्रा सिमलबोट मध्याह्न १२ बजे,सिमढुङ्गा,खरिडाँडा,अमलाबोटको लागि देवीथान सिमढुङ्गामा दिनको ३ बजेलाई बोलाईएको छ ।
यसैगरी जेष्ठ ७ गते साविकको बुखेल गाविस वडा नं.२ र ७ को वासिन्दाहरुको लागि साविक गाविस भवन हालको वडा कार्यालयमा दिनको १ बजेलाई उपस्थितिको लागि सूचना सार्वजनिक गरेको वडाअध्यक्ष गौतमले बताए ।
वडा कार्यालय बुखेलले वडाको योजना संकलनको लागि जनप्रतिनिधि र वडाका कर्मचारीहरुलाई जिम्मेवारी प्रदान गरि सकेको जनाएको छ ।
( ललितपुर महाङकाल-१ बुखेल वडा कार्यालयले सार्वजनिक गरेको सुचना )