चापागाउँ सडकखण्ड स्थानियसङ्ग लिखित सहमतीमा फिर्ता भएको ,साम्सद पम्फा भुषालद्वारा जानकारी


तामाङपेज संवाददाता ।

ललितपुरको सुनाकोठी ,ठेचो ,चापागाउँ सडकखण्डका स्थानिय वासिन्दा धुलो,धुवाँ र खाल्डा खुल्डीले पीडा ,क्षति बेहोर्न बाध्य भएपछी नियमित रुपमा पाँच दिन पुरै दिन र दुई दिन दुई-दुई घण्टा गरि एक हप्ते चापागाउँ सडकखण्ड बन्द गरिएको थियो ।

स्थानिय वासिन्दाले मुख्यतय निर्माणको जिम्मा लिएको ४ वर्षसम्मपनि निर्माण व्यवसायी र कार्यन्वयन गराउने सरकारी निकायको गैर जिम्मेवार व्यवहारले सडक कालो पत्रे हुन सकेको थिएन,सोही विषयलाई केन्द्रीत गरेर स्थानियवासी आन्दोलनमा होमिएका थिए ।

बिहिबार ललितपुर क्षेत्र न.३ का प्रतिनिधि सभा साम्सद पम्फा भुषाल,प्रदेस सभा साम्सद राजकाजी महर्जन ,चेतनाथ संजेल ,गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन ,जिल्ला समन्वय समिति ललितपुर उपप्रमुख विनेश महर्जन,स्थानिय राजनितिक दलका नेतृत्व तथा स्थानियवासिहरुको तर्फबाट न्हुछे महर्जन,राम महर्जन ,निलबहादुर देशारबीच लिखित सम्झौता भएको थियो ।

लिखित सम्झौतापश्चात सडक विभागमा बुधबार भएको छलफलनुसार तत्काल ग्रेडिङ मेसिन पठाउने,ग्रावल राख्ने,रोलिङ गर्ने र कलङकी – थानकोट मार्गमा जस्तै कालो पत्रे सडक गर्न मन्त्रीपरिषदमा माग पठाउने भएपछी विगत एक हप्ता देखि लगातार बन्द हुँदै आएको चापागाउँ सडक खण्ड बिहिबार लिखित सम्झौता भएपछी बन्द फिर्ता लिईएको साम्सद पम्फा भुषालले बताउनु भएको छ ।

महानगरीय प्रहरी बृत्त ,चापागाउँ ललितपुरका डीएसपी राजकुमार खिउजुकानुसार एक हप्ते बन्दका क्रममा कुनै घटना नघटेको शुक्रबारदेखि यातयात पुर्ण रुपमा संचालन भएको जनाएका छन् ।

( जनप्रतिनिधि र स्थानिय वासिन्दाबीच भएको लिखित सहमती पछि जारी गरिएको प्रेस क्लिप)

प्रकाशित: समय: 9:12:42  837पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार