बुद्ध जयन्तिको अवसरमा बौद्धनाथ स्तुपा परिसरमा सरसफाई


तामाङपेज संवाददाता।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति मुल समारोह समिति,बौद्धका स्थानिय संघ संस्थाका प्रतिनिधि,स्थानिय वासिन्दा ,नेपाल प्रहरी लगायतको सहभागितामा बौद्धनाथ स्तुपा परिसर,बौद्ध क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न शुक्रबार भएको छ ।

काठमाडौ महानगरपालिका वडा न.६ बौद्धका पुर्व वडाअध्यक्ष एबम समाजसेवी नेपालजीत लामाकानुसार कामनपा-६ वडाअध्यक्ष दीपेन्द्र गोले लामा,श्री बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रजीत लामा ,कार्यकारी निर्देशक वसन्तकुमार लो तामाङ ,श्री बौद्ध तामाङ कल्याण गुठी अध्यक्ष खडगजीत लामा,समाजसेवी जयमङ्गल लामा,महानगरीय प्रहरी बृत्तका प्रहरीहरु,विभिन्न संघ ,संस्था,क्लबका प्रतिनिधिहरु,स्थानिय वासिन्दाहरुको सहभागितामा सरसफाई कार्यक्रम भएको जनाएका छन् ।

भोलि हुन गैइरहेको शान्तिका अग्रदुत भगवान बुद्धको जन्म जयन्तिमा बौद्धनाथ स्तुपा परिसरमा धेरै भक्तजनहरुको सहभागिता हुने भएकाले बुद्ध जयन्ति मुल समारोह समितिले सरसफाई समारोह गरेको हो ।

प्रकाशित: समय: 5:17:43  531पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार