काठमाडौ बैखुमा भगवान बुद्धको मुर्ती अनावरण


तामाङ पेज संवाददाता।

काठमाडौ जिल्ला,तारकेश्वर नगरपालिका वडा न.५ बैखु,वाईसथानमा प्रतिनिधि सभाका साम्सद रामबीर मानन्धरले एक भब्य समारोहकाबीच बिहिबार भगवान बुद्धको मुर्तिको अनावरण गर्नु भएको छ ।

स्थानिय वासिन्दाहरुले भगवान बुद्धको मुर्तिलाई परिक्रमा गरी लामागुरुहरुबाट बौद्ध धर्मनुसार पुजापाठ गरेर मुर्तिलाई राखिएको थियो ।

स्थानिय बासिन्दा समाजसेवी तथा कोरोना इलेक्ट्रीकल इन्जिनियरिङ कम्पनीका निर्देशक बुद्धदेव लामाको पहलमा स्थानिय क्लब ,स्थानिय बासिन्दा ,तारकेश्वर नगरपालिका -५ वडा कार्यालय र सहयोगी दाताहरुको आर्थिक सहयोगमा कुल १५ लाखको लागतमा भगवान बुद्धको मुर्ती खरिद,कालीदेवी मन्दिर लगायत निर्माण सम्पन्न भएको हो ।

उक्त समारोहमा लामागुरुहरु ,स्थानिय भक्तजन ,तारकेश्वर नगरपालिका-५ वडाअध्यक्ष वासु गौतम ,सामाखुशी तामाङ परिवार कोष अध्यक्ष रामभक्त बम्जन र अन्य महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

बैखु खानेपानी तथा सरसफाई उपभोक्ता समिती र बैखु टोल सुधार समितिको आयोजनामा भगवान बुद्धको मुर्ती अनावरण र पुजापाठ प्रसाद ग्रहण समारोह सम्पन्न गरिएको हो ।

प्रकाशित: समय: 3:47:04  581पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार