मे १९ तारिखमा हुने नेपाल डे परेड ईन्क फिप्ना र तामाङ सोसाइटी अफ न्यूयोर्कद्धारा बहिष्कार


न्यूयोर्क । अमेरिकाको न्यु योर्कमा मे १९ तारिखका दिन हुन गैइरहेको नेपाल डे परेड ईन्क ,विभित्र कारणले विवादस्पद रहेकाले नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाले बहिष्कार गरेको छ ।

अमेरिकामा महासङ्घसङ्ग आवद्ध जनजाती सङ्घ संस्थाहरुले भाग नलिने जानकारी दिएका छन् ।

विगत लामो समयदेखी न्यु योर्कमा रहेका तामाङ जातिको सक्रीय संस्था तामाङ सोसाइटी अफ न्यु योर्कले पनि नेपाल परेड डे इन्कमा भाग नलिने ,सो समारोह बहिष्कार गर्ने तामाङ सोसाईटी अफ न्यु योर्कका सचिव दीपेन्द्र लामाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सरोकारवाला सबैमा जानकारी गराईएको छ ।

प्रकाशित: समय: 2:20:46  556पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार