श्याम तामाङ ।
रामेछाप जिल्ला,दोरम्बा गाउँपालिका -७ लखनपुरका वडाअध्यक्ष रेमबहादुर थापा, वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय जाने क्रममा बुधबार मोटरसाइकल दुर्घटनामा परि घाईते हुनु भएको छ ।
वडाअध्यक्ष थापा आफैले चलाएको वा.२ ब ९८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा दाहिने हातको कुहिनो खुस्किएको छ।
तत्कालै स्थानियवासी र जनप्रतिनिधिहरुले एम्बुलेन्स बोलाएर घटनास्थलबाट ट्रमा सेन्टर वीर हस्पिटलमा उपचारको लागि लगिएको र हाल उपचार भैइरहेको दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिह तामाङले बताउदै स्वास्थ्यमा सुधार आएको जनाएका छन् ।