बुद्धिष्ट कम्युनिटी सेन्टर युकेले मे १८ तारिखमा भब्यरुपमा बुद्ध जयन्ति मनाउने सेन्टरका उपाध्यक्ष एबम कार्यक्रम संयोजक धर्म तामाङद्वारा जानकारी


    1. श्याम तामाङ ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको आयोजनामा बौद्ध धर्म गुरु डुप्सिङ रेम्पोर्छेको प्रमुख आतिथ्यमा पुजापाठ ,अभिषेक(वाङ) र भोजन कार्यक्रमको आयोजना हुने भएको छ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका उपाध्यक्ष ,समाजसेवी एबम कार्यक्रम संयोजक धर्म तामाङकानुसार मे १८ तारिख शनिबारका दिन इम्पाइरी हल ,युकेमा हुन गैइरहेको बुद्ध जयन्तिको उपलक्ष्यमा हुने विविध समारोहमा सेन्टरका कार्य समितिका पदाधिकारीहरु ,ट्रष्टी,आजीवन सदस्यहरु,आमा समुहका पदाधिकारीहरु ,भक्तजनहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको जनाएका छन् ।

प्रकाशित: समय: 9:43:11  555पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार