श्याम तामाङ,तामाङपेज ।
काठमाडौ । रेडीयन्ट इभेण्ट म्यानेजमेण्टको आयोजनामा लिटिल टीन प्रिन्स एण्ड प्रिन्सेस-२०१९ मा ५७ जना प्रतिस्पर्धीहरुले अन्तिम चरणमा भाग लिएका छन् ।
बालबालिकाहरुको व्यक्तित्व विकास,क्याटवाक,जीवनशैली,बौद्धिक तथा व्यवहारिक शिक्षा,प्रयोगात्मक अभ्यास ,नृत्य ,मास कम्युनिकेसन,तालिम ,अडिसन जस्ता सिकाई र प्रशिक्षण प्रतियोगीहरुलाई आयोजक संस्था रेडीयन्ट इभेण्ट म्यानेजमेण्टले दिई सकेको जनाएको छ ।
सो प्रतियोगितामा नुवाकोट म्यागाङ गाउँपालिका-२ बुङताङका स्थायी वासिन्दा हाल बाँसबारी काठमाडौं बस्ने सन्तबहादुर डिम्डुङ र देवी वाईवा तामाङकी मिल्स वेरी स्कुलमा कक्षा ५ मा अध्ययनरत छोरी शितल तामाङ पनि प्रतिस्पर्धामा रहेकी छिन् ।
सानै उमेरदेखी गायन,नृत्य,अध्ययन,चित्रकलामा रुचि राख्ने सितल तामाङको प्रतिस्पर्धी नं.६ रहेको छ ,प्रतिस्पर्धी सितल तामाङलाई भोट दिन रेडीयन्ट इभेण्ट म्यानेजमेण्टले तयार गरेको फेशबूक पेजमा लाईक ,शेर र बिचार पोष्ट गरेर भोट दिनको लागि शितलले शुभचिन्तक आफन्तजन एबम सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेका छन् ।
प्रतिस्पर्धीहरुलाई भोट दिन सामाजिक सन्जाल फेशबूकमार्फत प्रतियोगीको आयोजकले बनाएको पेजमा आज बेलुकी १२ बजेसम्म भोटिङ खुल्ला रहेको र प्रतियोगिताको अन्तिम फाइनल भोलि जेष्ठ ३ गते,साँझ ४ बजे राष्ट्रिय नाच घर जमलमा हुने आयोजकले जनाएको छ ।
विजयी प्रतियोगीलाई नगद,विभित्र आकर्षक पुरस्कार समेत प्रदान गर्ने आयोजकले जानकारी दिएका छन् ।