तामाङपेज संवाददाता ,ललितपुर ।
लेले,टाहाखेल,चापागाउँ,ठेचो,सुनाकोठीका स्थानिय जनता घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित भएर पीडित भएपछी विगत ६ दिनदेखि स्थानिय वासिन्दा मोटरबाटो पिच नगरेसम्म आन्दोलनमा उत्रेका छन् ।
ठेक्का सम्झौता भएको दुई वर्ष बित्दापनी ढोलाहिटी-सुनाकोठी-चापागाउँ- लेले तिलेश्वर सरस्वती कुण्डसम्म जोडने १३ किमि मोटरबाटो निर्माणको ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सन र पप्पु -महालक्ष्मी-वल्ड वाइड कम्पनीले सडक निर्माण बेलैमा नगरेकाकारण आन्दोलनले थप निरन्तरता लिएको हो ।
यथास्थितिमा नै सडक कालो पत्रे नगरेसम्म आन्दोलन जारी रहने स्थानिय वासिन्दाको भनाई छ । आजपनी बन्दकाकारण ढोलाहिटी-सुनाकोठी- चापागाउँ-लेलेखण्ड मोटरबाटो ठप्प छ ।
तस्बिर श्रोत:
चापागाउँ ललितपुर र सुरेन्द्रमोहन शर्मा