देवी फाउण्डेसन नेपालले बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियान गर्दै


श्याम तामाङ ।

भगवान शाक्यमुनि गौतम बुद्ध जन्मनु भएको पवित्रस्थल लुम्बिनीमा देवी फाउण्डेसन नेपालको आयोजनामा लुम्बिनीमा कालान्तरसम्म प्राकृतिक हिसाबले प्राकृतिक सुन्दरता कायम राख्न नेपाल भिक्षु महासङ्घ,लुम्बिनी साँस्कृतिक नगरपालिका,बौद्ध विहार संघ,लुम्बिनी विकास कोष ,लुम्बिनी सारस आरक्ष लगायतका संघ,संस्थाहरुको सहकार्यमा बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियानको प्रारम्भ भएको छ ।

देवी फाउण्डेसनका अध्यक्ष समिनराज शाक्यकानुसार भगवान शाक्यमुनि बुद्धको २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा संचालित अभियानको पहिलो प्रारम्भ स्वरुप २०७६ बैशाख ६ गते बुद्धभूमि लुम्बिनीमा विभित्र जातजातिका फलफूल,रुखका ५ सय वटा बिरुवा रोपेको जानकारी दिएका छन् ।

संस्थाकी सचिव सविना वज्रचार्यले २५६३ औं बुद्ध जयन्तिको अवसरमा २५६३ वटा बोटविरुवा लुम्बिनीमा रोप्ने बताएकी छिन्।

देवी फाउण्डेसनको आयोजनामा संचालित सो अभियानमा जुजु वेयर्स,वेष्ट इण्टीरिओर्स,मेट्रो एफ.एम.,बोधी टेलिभिजन,नेपाल मण्डल टेलिभिजन,श्री रुद्रवर्ण महाविहार संरक्षण समिति,श्रीबच्छ महाविहार,श्री शाक्यसिह विहार,सम्झना ल्याव,गोल्डेन डाईमण्ड ज्वालेरी,देवी टुर्स ,रत्नाकर वचत तथा ॠण सहकारी संस्था लि.सहयोगी संस्थाको रुपमा रहेको छ ।

बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा आयोजित अभियान पून श्रावणमा वृक्षरोपण कार्यक्रम हुन गैइरहेकोले प्रति एउटा विरुवाको रु.१ हजार सहयोग स्वरुप प्रदान गरि सहकार्य गर्न सकिने र यस महान कार्यको बारेमा थप जानकारी देवी फाउण्डेसनको सम्पर्क नम्बर ९८५१० ३७०५०, ९८४१ ६८९११० मा गर्न सकिने सचिव सविना वज्रचार्यले बताएकी छिन् ।

प्रकाशित: समय: 4:25:21  1100पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार