तामाङपेज संवाददाता ।
कोन्ज्योसोम-२ संखु,स्यालभन्ज्याङमा रहेको श्री सरस्वती माविको प्राङ्गणमा जिल्ला शिक्षा कार्यान्वयन इकाई ललितपुरको आर्थिक सहयोगमा नवनिर्मित ४ कोठ्ठे पक्की भवनको एक भब्य समारोहकाबीच कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले उदघाटन गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष सिंतानले उत्कृष्ट छात्रा छात्रलाई पुरस्कार ,टिच फर नेपालका स्वयंसेवक शिक्षक संजय थापा,शिक्षिका सोनाम शेर्पालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
विद्यालयका प्र.अ.अर्जुनप्रसाद घिमिरेकानुसार नवनिर्मित भवन जिल्ला शिक्षाको ६४ लाख आर्थिक सहयोग र स्थानिय वासिन्दाको ५ लाख जनश्रमदान गरि कुल ६९ लाखको लागतमा निर्माण सम्पन्न शिशुदेखी कक्षा १० संचालित विद्यालयमा २ सय २५ जना विद्यार्थी रहेको बताएका छन् ।
भवन उदघाटन समारोहमा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा ,कोन्जोसोम-२ संखु वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे,वडाका वडा सदस्यहरु,शिक्षक,शिक्षिका,विद्यार्थी ,अभिभावकहरुको सहभागी रहेको सरस्वती माविका शिक्षक वेलबहादुर घिसिङ तामाङले जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकप्रसाद घिमिरेले कोज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ,उपाध्यक्ष मिङमा लामा,कोन्ज्योसोम-२ संखु वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे लगायतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।