बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा


विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ ।

तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार समितिको संयोजक रहेको बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा जेठ १ गतेदेखि नै कार्यक्रम शुरु गरिने जनाइएको छ ।

जेठ १, २ र ३ गते बौद्ध महाचैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ मूल समारोह समिति संयोजक चन्द्रमान लामाले बताएका छन् । बुद्ध वचन अनुवाद समितिको आयोजनामा प्रज्ञा पारमिता सूत्र पाठ गरिनेछ । तीन दिनसम्म २५ जना लामाले सूत्रका १६ ठेलीको एक लाख श्लोक पाठ गर्ने समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए।

जेठ ३ गते बिहान बौद्ध परिसर, पीपलबोटबाट टुसालचोक, अमिताभ बुद्ध मार्ग, घ्योइलिसाङ पोखरी र उद्यान क्षेत्र, फूलबारी मार्गलगायत स्थानमा सफाइ गरिने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिए ।

बुद्ध जयन्ती कार्यक्रममा ‘फ्रि टिब्बेट’ गतिविधि हुन नदिने गरी सुरक्षा निकायसँगको समन्वयमा काम गरिने उहाँको प्रतिबद्धता थियो । जयन्तीका अवसरमा शान्ति दौड, शान्ति -याली, प्रवचन लगायत कार्यक्रमसमेत गरिने जनाइएको छ ।

आजभन्दा २५६३ वर्षअघि नेपालको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमका रुपमा भगवान् बुद्धको जन्म भएको थियो ।

उहाँले वैशाख शुक्ल पूर्णिमाकै दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धको निधन भएकाले यस दिनलाई त्रिसंयोग दिवस पनि भन्ने गरिन्छ । नेपालमा प्रजातन्त्र स्थापना पश्चात् विसं २००८ को वैशाख शुक्ल पूर्णिमादेखि भव्य रुपमा बुद्ध जयन्ती मनाउन थालिएको थियो ।

बौद्ध क्षेत्रमा बुद्ध जयन्ती मनाउन यस क्षेत्रका ८० सङ्घ संस्थाको सहभागितामा मूल समारोह समिति गठन गरिएको छ ।

प्रकाशित: समय: 16:11:57  1008पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार