चर्को घाम, रगत अनि पसिनाको भेल सङगै, मर्दै बाँचेको हजुर जीवन हुन्छ परदेशमा


गजल

जे गर्न नि खटन हुन्छ परदेशमा

मनै छियाछिया पार्ने वचन हुन्छ परदेशमा ।

 

स्वदेशको जस्तो शितल कहाँ पाउनु र खै यहाँ

मरुभूमिको तातो हावा वहन हुन्छ परदेशमा ।

 

ठेगान हुन्न जिन्दगीको, कोही कसैको त कठै !

टिक्न नपाई स्वदेश माटाे मरण हुन्छ परदेशमा ।

 

मान्छे हौँ कहिलेकाहीँ गल्ती पनि हुन सक्छ

माफी भन्दा पनि फाँसी चलन हुन्छ परदेशमा ।

 

चर्को घाम, रगत अनि पसिनाको भेल सङगै

मर्दै बाँचेको हजुर जीवन हुन्छ परदेशमा ।

 

सजना वाईबा “सन्ध्या”

खाडादेवी गाउँपालीका -८, गागल, रामेछाप

प्रकाशित: समय: 10:18:02  856पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार