तामाङपेज संवाददाता ।
वाग्मती गाउँपालिका -२ माल्टामा रहेको श्री कालीदेवी माविको आईतबार सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जयराम तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।
विद्यालयका प्र.अ.कुमार चौलागाईंकानुसार वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यमा आयोजित अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जयराम तिमल्सिना,सदस्यहरु: विजयकुमार लो तामाङ (वडाअध्यक्ष वाग्मती -२),विमला मगर,पुर्णबहादुर स्याङतान तामाङ,सरस्वती सापकोटा,सदस्य सचिव प्र.अ.कुमार चौलागाईंलाई निर्विरोध निर्वाचित गर्दै,शिक्षक अभिभावक संघको अध्यक्ष वीरबहादुर थापा मगर,सदस्यहरु वीरबहादुर जिम्बा तामाङ,प्रमिला घिमिरे,वसन्त थिङ तामाङ,सन्तबहादुर स्याङतान तामाङ,रत्नबहादुर ब्लोन तामाङ,इन्द्रबहादुर बज्यु तामाङ,नीरकुमारी पुलामी मगर ,मानबहादुर ब्लोन तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ ।
अभिभावक भेलामा वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे समीर,अभिभावक ,शिक्षक,शिक्षिका ,वडाका जनप्रतिनिधि,विद्यार्थीहरु ,सरोकारवालाहरुको सहभागिता रहेको सो विद्यालयमा शिशुदेखी कक्षा १२ सम्म मकवानपुरको ईपापन्चकन्या ,ललितपुरको माल्टाका तामाङ,ब्राम्हण ,क्षेत्री,दलित,मगर लगायतका जातजातिका ४ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
नवनिर्वाचित श्री कालीदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम तिमल्सिना ,ललितपुर जिल्ला समन्वय समितिका सदस्य एबम नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र न.१ को क्षेत्रीय सदस्य समेत रहेका छन् ।