चौघरेकी ब्लड क्यान्सर पीडित शोभा थिङलाई आर्थिक सहयोग प्रदान (भिडियो सहित)


प्रतीक लामा ,भक्तपुर ।

ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिका- १ चौघरेकी ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङलाई मलेसियामा कार्यरत अभिषेक (पासाङ) लामाको नेतृत्वमा मलेसियाको विभिन्न कम्पनीमा रहेका नेपालीहरुबाट संकलन गरिएको सहयोग रकम लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक एबम सामाजिक अभियन्ता श्याम ङेसुर तामाङले भक्तपुर क्यान्सर हस्पिटलमा प्रदान गर्नु भएको छ ।

ब्लड क्यान्सर पीडित शोभालाई मलेसियाबाट अभिषेक (पासाङ)लामाको नेतृत्वमा संकलित रु.६२ हजार ७ सय ८४ रुपैयाँ रकम सामाजिक अभियन्ता तामाङले प्रदान गर्नु भएको हो ।

विगत केही महिनादेखी ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको छ ।
आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि सहयोग गर्नको लागि सामाजिक अभियन्ता श्याम ङेसुर तामाङ र कोन्ज्योसोम-१ चौघरेका निमित्त प्र.अ.मानसिह ग्लान तामाङले सबैलाई अनुरोध गरेका छन् ।
आर्थिक सहयोग संकलन/प्रदान/ब्लड क्यान्सर पीडित शोभा थिङको तस्बिरहरु:


भिडियो हेर्नूहोस्

प्रकाशित: समय: 13:10:56  1195पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार