जिल्लाको गोसाईकुन्ड गाउँपालिका–६ धुन्चेमा सञ्चालित समता स्कुलमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने बताएका छन् ।
समता विद्यालयका प्रधानाध्याक प्रकास तामाङका अनुसार नेपालमा २०५७ सालदेखि स्थापना भई सुरू भएको स्कुल रसुवा लगायत ७७ वटै जिल्लामा सन्चालनमा रहेको बताए । उनले रसुवामा १ बर्षदेखि सन्चालनमा आएको स्कुलमा एक सय तीन जना विधार्थीहरूले अध्ययन गरिरहेको बताए । समतामा महिनाको शुल्क एक सय र भर्ना शुल्क एक हजार रहेको र बर्षेनी कक्षा बढाउँदै जाने बताए । अहिले कक्षा २ भइरहेको बताए ।
स्कुलको अभिभावक भेलामा समता एजुकेसन ल ट्रण्टको क्षेत्रिय प्रमुख प्रितम गनगाई, निर्देशन दिपक सन्जेलको उपस्थितिमा गोसाईकुन्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, नागरिक समाजका अध्यक्ष बावुलाल तामाङ लगायतका ब्यक्तित्वहरूको माझ समता स्कुल के हो, कस्तो शिक्षा प्रदान गर्नेछ ? भन्ने बिषयमा प्रष्ट पारिएको थियो ।
हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठ संरक्षक रहेको समता स्कुल देशमा मात्र नभई थाईल्याण्ड, म्यानमार, श्रीलङ्का, भारत, बगलादेश, बर्मामा समेत सञ्चालन रहेका छन् ।
सस्थापक उतम सन्जेलले स्थापना गरेको यस स्कुलमा प्ले ग्रुपदेखि स्नातकोतरसम्म एक सय रूपैयाँ मै पढाइ हुने र गुणस्तरीय शिक्षा प्रदान गर्न बताए ।