वाग्मती गाउँपालिकाले आर्थिक मितव्ययिताको नाममा खादा,ब्याच प्रयोगमा गरेको निर्णयको चौतर्फी विरोध,घेदुङ ललितपुरको आकस्मिक बैठक जेष्ठ १ गते बस्दै ,गाउँपालिकाले निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी


प्रतीक लामा,भक्तपुर ।

ललितपुर जिल्ला ,वाग्मती गाउँपालिकाको ३४ औं वोर्ड बैठक गत २०७६ बैशाख १५ गते गाउँपालिकाको कार्यालय भट्टेडाडामा अध्यक्ष वीरबहादुर लोप्चनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका र वडाले गर्ने सम्पुर्ण कार्यक्रममा आर्थिक मितब्ययिताको नाममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको थियो ।

वाग्मती गाउँपालिकाको बोर्ड बैठकमा असहमती जनाउदै वाग्मती -७ गिम्दिका वडाअध्यक्ष नवराज संजेल ।

सो गाउँपालिकाको निर्णयमा असहमति गर्दै वाग्मती -७ गिम्दिका वडाअध्यक्ष नवराज संजेलले बौद्ध धर्मलम्बिहरु र खादा पवित्र वस्त्रसङ्ग जोडिएका ब्यक्तिहरुको आस्थामाथी बन्देज हुने गाउँपालिकाको निर्णयप्रती असहमती जनाउदै वाग्मती गाउँपालिकाको बोर्ड बैठक बहिष्कार गरेका थिए ।

वाग्मती गाउँपालिकाले गरेको उक्त सरकारी निर्णयले बौद्ध धर्मलम्बिहरु माथी चोट पुगेको भन्दै ललितपुर महाङकाल गाउँपालिका-१ बुखेलका सामाजिक अभियन्ता श्याम ङेसुर तामाङ ,नेपाल तामाङ घेदुङका केन्द्रीय सचिवालय सदस्य एबम वाग्मती -२ माल्टाका बेलबहादुर लुङबा तामाङ ,वाग्मती -४ प्युटारका बौद्धिक ब्यक्तित्व एबम युवा नेता उत्तमकुमार लामा,कोन्ज्योसोम गाउँपालिका -२ संखुका दुग्ध व्यवसायी,युवा नेता कृष्णमान घिसिङ ,वाग्मती -७ गिम्दिका व्यवसायी कृष्ण बल,शिक्षक कुमार तामाङ,वाग्मती -४ प्युटारका युवा नेता तथा व्यवसायी दीपक लामा ,ग्यावा उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा तामाङ ,कवीयत्री हिरामाया घिसिङ,वाग्मती -५ इकुडोलका शिक्षक डम्बर स्याङतान तामाङ,वाग्मती-६ आश्राङकी सबिना सिंतान तामाङ लगायतले वाग्मती गाउँपालिकाले गरेको सरकारी निर्णय फिर्ता लिन सामाजिक सन्जालमार्फत हजारौं जनसमुदायले व्यापक विरोध गरि निर्णय फिर्ता लिन अनुरोध गरेको थियो ।

नेपाल तामाङ घेदुङका सचिवालय सदस्य एबम वाग्मती-२ माल्टाका वासिन्दा तथा युवा नेता वेलबहादुर लुङबा तामाङ ।

वाग्मती-४ प्युटारका बौद्धिक ब्यक्तित्व तथा युवा नेता उत्तमकुमार थिङ लामा ।

कोज्योसोम-२संखुका दुग्ध व्यवसायी तथा युवा नेता कृष्णमान घिसिङ लामा ।

ग्याबा उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा तामाङ।

कोन्ज्योसोम-२ संखुका शिक्षक कुमार ब्लोन तामाङ ।

वाग्मती -५ इकुडोलका कवीयत्री हिरामाया घिसिङ तामाङ ।

वाग्मती-४ प्युटारका व्यवसायी तथा युवा नेता दीपक लामा ।

वाग्मती-५ इकुडोलका शिक्षक एबम बौद्ध बिद्धान डम्बर स्याङतान तामाङ ।

वाग्मती – ६ आश्राङकी विद्यार्थी सबिना सिंतान तामाङ ।

चौतर्फी विरोध गरेपछी आईतबार बेलुकी वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले प्रेस विज्ञप्ति जारी गर्दै वाग्मती गाउँपालिकाले बैशाख १५ गतेको वोर्ड बैठकले गाउँपालिका ,वडा कार्यालयहरुले गर्ने कार्यक्रमहरुमा खादा,ब्याच र तामझामका सामग्रीहरु आर्थिक मितब्ययिताका कारणले प्रयोग नगर्ने निर्णय भएको ,यो निर्णय खादा,ब्याच लगायत वहिष्कार,निषेध गर्ने नभएको यो निर्णयलाई साथ दिन अनुरोध गर्दै भ्रमको पछि नलाग्न वाग्मती गाउँपालिका सबैमा अनुरोध गर्दछ भनेर गाउँपालिका अध्यक्ष लोप्चनद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ ।

प्रेस विज्ञप्ति गाउँपालिकाले जारी गरेपछी ललितपुरका सामाजिक अभियन्ता श्याम ङेसुर तामाङले वाग्मती गाउँपालिकाले आफ्नो वास्तविक नाङ्गो चरित्र देखाएको ,स्थानिय सरकारको नेतृत्व गर्ने सम्मानित स्थानिय सरकारलाई पवित्र वस्त्र आर्थिक मितब्ययिताको नाममा सरकारी कार्यालयले गर्ने औपचारिक ,अनौपचारिक कार्यक्रममा प्रयोग नगर्ने निर्णय कस्ले दियो ,यो निर्णयले हामी आस्थासङ्ग जोडिएका पहिचानका पक्षधरहरुलाई दुई जिब्रे शैलिले अंकुसि लगाको छ ,यो निर्णय आस्था र भावनामाथिको स्थानिय सरकारले गरेको घुमाउरो पाराको निषेध हो भनेर आक्रोश पोख्दै वाग्मती गाउँपालिका अध्यक्ष लोप्चनको कार्यशैलिप्रती टिप्पणी गर्दै,यो आम आस्था र भावना,पहिचानका पक्षधरलाई दबाउन खोजेको बताए ।

वाग्मती गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेपछी नेपाल तामाङ घेदुङ ललितपुरका अध्यक्ष मानबहादुर योन्जनले यो निर्णयका बारेमा भोलि बुधबार जेष्ठ १ गते १ बजे घेदुङ ललितपुरको आकस्मिक बैठक बोलाईएको जानकारी दिएका छन् ।

नेपाल तामाङ घेदुङ ललितपुरका जिल्ला अध्यक्ष मानबहादुर योन्जन तामाङ ।

वाग्मती गाउँपालिकाले गरेको निर्णयका विरुद्ध चौतर्फी विरोध गर्न नेपाल बौद्ध महासङ्घका महासचिव खेन्पो कमल भण्डारी,नेपाल तामाङ समाज जापानका उपाध्यक्ष रुबिना तामाङ,तामाङ समाज बहराइन अध्यक्ष सोनम दोङ तामाङ,तामाङ समाज कतारका प्रतिनिधि नरबहादुर घिसिङ,ग्यावा उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा,नेपाल तामाङ घेदुङ कुवेतका महासचिव कृष्ण सिङतान तामाङ लगायतका स्वदेस तथा विदेशमा रहेका सरोकारवाला संघ संस्थाहरु आन्तरिक छलफलमा जुटेको खवर प्राप्त भएको छ ।

नेपाल बौद्ध महासङ्घ महासचिव,बौद्ध धर्म गुरु खेन्पो कमल भण्डारी ।

बहराइन तामाङ समाज अध्यक्ष एबम युवा समाजसेवी सोनम दोङ तामाङ ।

नेपाल तामाङ समाज जापानकी उपाध्यक्ष,महिला अधिकारकर्मी एबम सामाजिक अभियन्ता रुबिना तामाङ ।

तामाङ समाज कतारका प्रतिनिधि एबम व्यवसायी नरबहादुर घिसिङ तामाङ ।

नेपाल तामाङ घेदुङ कुवेत महासचिव एबम युवा नेता कृष्णबहादुर सिङतान तामाङ ।

वाग्मती गाउँपालिकाले गरेको निर्णयका विरुद्ध नेपाल तामाङ घेदुङ वाग्मती गाउँपालिका मौन बसेको छ भने वाग्मती गाउँपालिका भित्रका तामाङ अगुवाहरु एकीकृत भएका छन् यो वाग्मती गाउँपालिकाले गरेको निर्णय गलत छ,यस्को विरुद्ध अब हामी गाउँपालिका भित्र खादा प्रयोग नगर्ने सरकारी निर्णयमा हस्ताक्षर गर्ने गाउँपालिका अध्यक्ष सहित पदाधिकारीहरु सम्मिलित औपचारिक ,अनौपचारिक कार्यक्रमहरु सार्वजनिक रुपमा बहिष्कार गर्ने नीति लिएको,यस्बाट सिर्जनाहुने वातावरणमा वाग्मती गाउँपालिका जिम्मेवार हुनुपर्ने वाग्मती गाउँपालिका एक नेताले नाम सार्वजनिक नगर्ने शर्तमा बताएका छन् ।

उनले विना शर्त वाग्मती गाउँपालिकाले आस्थासङ्ग खेलबाड नगरी बैठकले गरेको निर्णय जस्ताको तस्तै माफी मागेर फिर्ता लिनुपर्ने र यो निर्णयले सिङगो ललितपुर र वाग्मती गाउँपालिकाको नकारात्मक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश गएको बताए ।
वाग्मती गाउँपालिकाले आईतबार बेलुकी जारी गरेको प्रेस विज्ञप्ति:

प्रकाशित: समय: 2:48:31  960पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार