काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबारदेखि काठमाडौं जिल्लामा रहेका ११ वटा सरकारी अस्पताल हाता र त्यसको एकसय मिटर वरिपरी सुर्तीजन्य पदार्थको विक्री वितरण तथा सेवन गर्न नपाउने गरि विशेष अभियान शुरु गरिएको छ ।
यसै सन्दर्भमा मिनभवनस्थित निजामति कर्मचारी ९सिभिल अस्पताल० हाता र त्यसको एकसय मिटर वरिपरि सुर्तीजन्य पदार्थको विक्री वितरण तथा सेवन नियन्त्रणका लागि सन्देश र जानकारी मुलक पोष्टर टाँस्ने र पर्चा वितरण गर्ने काम आइतबारदेखि शुरु भयो ।
म्हानगरीयय प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौं महानगरको १०,३१ र ३२ वडा, प्रहरी सिभिल अस्पताल समन्वय समिति तथा १०, ३१ र ३२ वडाको सामुदायीक विकास केन्द्र र सामुदायीक प्रहरीको संयुक्त आयोजनामा सो अभियान अस्पताल परिसरबाट शुरु गरिएको हो । रयालीमा सहभागीहरुले अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको विक्री तथा सेवन नगर्न चेतावनीसहितको पोस्टर अस्पताल र हाता वाहिर टाँसेको थियो ।
प्रहरी परिसर काठमाडौंले आजैदेखि सिभिल अस्पतालको साथै प्रसुती गृह थापाथली, कान्ति वाल अस्पताल महाराजगञ्ज, प्रहरी अस्पताल महाराजगञ्ज, त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज, सैनिक अस्पताल छाउनी, वीर अस्पताल महाबौद्ध, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, आयुर्वेद अस्पताल नरदेवी, शुक्रराज ट्रपिकल अस्पताल टेकुलगायत ११ वटा सरकारी अस्पताल परिसर र त्यसको एकसयमिटर वरिपरि सुतीृजन्य पदार्थको विक्री तथा सेवनमा रोक लगाइएको हो ।
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ अनुसार आजको १६ औं दिनदेखि त्यसक्षेत्रमा सुर्तीजन्य पदार्थ विक्री तथा सेवन गरे सार्वजनिक स्थलमै कारवाही गरिने परिसरको सामुदायीक शाखाका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले बतँएका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीले सो अभियानको सिभिल अस्पतालमा उद्घाटन गर्दै लागुपदार्थ दुव्र्यसनको प्रस्थान विन्दुको पहिलो चरण नै सुर्तीजन्य पदार्थको सेवन भएकोले यसलाई समयमै नियन्त्रण गर्नसके कोही पनि लागुपदार्थको दुव्र्यसनको शिकार नहुने विचार व्यक्त गरे ।
परिसर प्रमुख भएपछिको पहिलो औपचारिक कार्यक्रममा सहभागित हुँदै एसएसपि सुवेदीले पछिल्लो समयमा सगठित अपराध बढ्नुको साथै साइबर क्राइमका घटना अत्यधिक रुपमा बढेको पनि उल्लेख गरे ।
साइबर क्राइमसम्वन्धी ५ सयवटा मुद्धाको अध्ययन अनुसन्धान गर्दा १५३ वटा मुद्धामा श्रीमानले श्रीमतीलाई र २४ वटा मुद्धामा श्रीमतीले श्रीमानलाई मारेकोसंग सम्वन्धित रहेको पनि उनले बताए ।
कर्यक्रममा ३ नं प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिकाको १० नं वडाका अध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, सामुदायिक सेवा तथा विकास समाज ३१ का अध्यक्ष प्रा।डा।वासुदेव त्रिपाठी तथा नयाँबानेश्वर वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक गाविन्दराज काफ्लेले अभियान सफल पार्न सबै वर्ग र समुदायको उत्तिकै सहयोगको खाँचो रहेको बताए ।
सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनि ३० हजार मानिसको अकालमा मृत्यु हुने गरेको विशेषज्ञहरु बताउँछन ।
विगतमा पनि सम्वन्धित अस्पताल प्रशासनले मात्रै यसप्रकारको अभियान सञ्चालन गरेकोमा सफल नभएपछि यसपटक भने नेपाल प्रहरी, काठमाडौं महानगरपालिकाको सम्वन्धित वडा, सामुदायीक विकास केन्द्र, सामुदायीक प्रहरी, महानगरीय प्रहरी र सम्वन्धित अस्पताल प्रशासन मिलेर यो अभियान सञ्चालन शु गरेकोले अस्पताल हाता र त्यसको एकसयमिटर वरिपरि सुर्तीजन्य पदार्थको विक्री तथा सेवनमा पुर्ण नियन्त्रण हुने संभावना बढेको छ ।