अल्झिएकाे साहित्य परिवारकाे वार्षिकोत्सब हुँदै


करण तामाङ, नुवाकोट। अल्झिएको साहित्य परिवारले एक वर्ष पूरा गरेको अवसरमा जेठ ११ गते प्रथम वार्षिकोत्सब मनाउने भएको छ। परिवारले वार्षिकोत्सबकाे अवसरमा रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रमको पनि आयाेजना गरिएको छ। साहित्य परिवार एक वर्ष अघि सितराम खड्काको अध्यक्षतामा स्थापना भएको थियोे।
जेठ ११ गते शनिबार परिवारले ठीक एक वर्ष पार गर्नेछ । यस अवसरमा आयाेजित कार्यक्रममा डा. घनश्याम परिश्रमीले प्रमुख सम्बाेधन गर्नुहुने भएको छ। यसैगरी सह सम्बाेधनमा कला निधि दाहालले सम्बाेधन गर्ने भएको छ। परिवारले तीन जना स्रष्टालाई पनि सम्मान गरिने भएको छ। सम्मानित हुने स्रष्टाहरुमा गजलकार सजना वाईबा तामाङ “सन्ध्या”, गजलकार वसन्त वली “वसन्ती” र नारायण प्रसाद पा‌ैड्याल रहनुभएकाे छ।
कार्यक्रमले साहित्यकाे विकासमा टेवा पुर्‍याउने तथा साहित्यलाई उजागर गर्न टेवा पुर्‍याउने उदेश्यले आयाेजना गरिएको कार्यक्रम आयाेजक कमिटीका सदस्य विनाेद खत्री आकासले हाम्रो संवाददातासँग कुरा गर्दै जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 16:43:00  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार