चौघरेमा शिक्षक भेला तथा सम्मान कार्यक्रम सम्पन्न


श्याम तामाङ ,ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित बाघभैरव माविमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन ,कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा सम्पुर्ण मुक्तिकामि शिक्षकहरु एक हौं भन्ने मूल नाराकासाथ एक दिने शिक्षक भेला तथा सम्मान कार्यक्रम प्रदेश सभाका साम्सद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी एबम प्रदेश सभा साम्सद पुनले शिक्षा क्षेत्रमा योगदान तथा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल शिक्षक,शिक्षिकालाई सम्मान गर्नु भयो ।

कोज्योसोम गाउँपालिका स्तरिय शिक्षकहरुको भेलामा कोज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ,कोन्ज्योसोम-१ चौघरे वडाअध्यक्ष सन्तलाल ग्याबा,कोन्ज्योसोम-२ संखु वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे लगायतका नेतृत्वहरुको सहभागिता रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन कोन्ज्योसोम गाउँपालिका अध्यक्ष केशव घिमिरेले बताए ।

प्रकाशित: समय: 13:14:03  704पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार